पोखरा व्यापार मेला सकियो, उद्यमशीलता विकासमा सघाएको आयोजकको दाबी

पोखरा न्यूज – २८, पुष ।  पोखराको नयाँबजारमा आयोजित समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेलाको सोमबार समापन भएको छ । पुस १८ गतेदेखि २८ गतेसम्म संचालित मेला नेपाल भ्रमण वर्ष २०२० लाई सघाउन तथा पोखरा लगायत सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य उत्पादन, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायत कृषिजन्य उत्पादनहरुलाई प्रवर्द्धन तथा बजारीकरणमा समेत सघाउ पुर्याउने उदेश्यले आयोजना गरिएको थियो ।

लगानीको सम्बर्द्धन उद्योग ब्यवसायको प्रवर्द्धन भन्ने नारा अनुरुप नै मेला गण्डकी प्रदेशको ब्यवसाय बिस्तारको संभावनाको खोजीे तथा यो प्रदेशको पर्यटकीय सम्भावना उजागर गर्ने उदेश्यमा समेत समर्पित रहेको थियो । मेलाको आकर्षणको रुपमा औद्योगिक तथा व्यापार मेला, हस्तकला मेला, कृषिमेला, पूष्पमेला, अटोमेला, सूचना तथा प्रविधिहरुको प्रदर्शनी, विभिन्न सरकारी तथा गैह्र सरकारी संघ संस्थाहरुको गतिविधीहरुको प्रदर्शनीलगायत दैनिक उपभोग्य वस्तु घरायसी सरसामान, लत्ताकपडा, श्रृंगारका सामानहरुको विक्री वितरण रहेका थिए ।

आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले मेला आफ्नो उदेश्यमा सफल रहेको दावी गरे । संघका महासचिव अर्जुन पोखरेलका अनुसार करिब १ लाख दर्शकले मेलाको अवलोकन गरे । मेलामा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका उत्पादनहरु प्रदर्शनी तथा बिक्रीमा राखिएका थिए ।

यता मेलाअन्तर्गत राखिएको दोहोरी गीत प्रतियोगिताको उपाधी दाजुबहिनी समूहले जितेको छ । उपाधीसँगै प्राप्त ग¥यो भने द्धितीय स्थानमा गण्डकी दोहोरी गीत प्रतिष्ठान रह्यो । तेस्रो र सान्त्वना भने क्रमशः जीवन सिग्देलको समूह र पोखरा दोहोरी साँझ घोषित भएको लोकदोहोरी गीत प्रतिष्ठान गण्डकीका अध्यक्ष सुरेन्द्र गुरुङले बताए । विजेताहरुले क्रमशः५०, ३०,३० र १० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र हात पारे । लोकगीतमा १३ समूहको सहभागिता रहेको थियो । यसैगरि मेलाअन्तर्गत आयोजना गरिएको पञ्चेबाजा प्रतियोगिताको उपाधि विन्ध्यवासिनी नौमति समूह, विन्ध्यवासिनीले हात पार्यो  । प्रतियोगितामा दोस्रो, तेस्रो र सान्त्वना क्रमशः स्याङ्जा सिरुबारी नौमति समूह, काहुँ देउराली र अस्ताम नौमति समहूले प्राप्त गरे । उनीहरुलाई पनि क्रमशः ५०,३०,२० र १० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरियो ।

मेलाको सांस्कृतिक प्रायोजनको जिम्मा कुमारी बैंक, लोकदोहोरीको प्रायोजन मेरोघर डटकम, पञ्चेबाजाको पहिलो पुरस्कार नेपाल बैंक लिमिटेड , पञ्चेबाजाको द्धितीय स्थानको पुरस्कारको प्रायोजकमा एसके साउण्ड तथा सान्त्वना पुरस्कारमा पटवा टेण्ट हाउसले प्रायोजन गरेका थिए । मेला अन्तर्गत दैनिक प्रवेश टिकटमा राखिएको बजाजको डिस्कोभर मोटरसाइकल १४४८२ नम्बरको टिकटले प्राप्त ग¥यो भने सोमबारको प्रवेश टिकटमा राखिएको प्याराग्लाइडिङ उडानको उपहार २१८७३ र रेफ्रिजेरेटर २०८०१ नम्बरको टिकटले प्राप्त गरेको टिकट व्यवस्थापन उपसमिति सयोजक बलराम आचार्यले जानकारी दिए । उनका अनुसार मोटरसाइकल तथा अन्य उपहारहरु आउँदो माघ १५ गतेसम्म टिकटको अर्थकट्टीसहित संघको सचिवालय गैह्रापाटनबाट लिन सकिनेछ ।

बम्पर उपहारको प्रायोजन गोल्डेन हाउस पार्टी प्यालेसले गरेको थियो । यसैगरि मेलामा रहेका स्टलहरुमध्ये अटोतर्फ बतास ब्रदर्सको सुजुकी, डोमतर्फ विन्ध्यवासिनी फर्निचर उद्योग,कृषि तथा हस्तकलामा नेपाली सिसाकलम उद्योग,अन्यतर्फ गोर्खाली कृषि औजार उद्योग र रेष्टुरेण्टतर्फ गुँरास रेष्टुरेण्ट सर्वोत्कृष्ट घोषित भए । संघका पूर्वअध्यक्ष वसन्त उदासको संयोजकत्वमा गठित समितिको सिफारिसमा ती स्टलहरु पुरस्कृत भएका हुन् । समितिमा संघका उपाध्यक्ष पवन प्रजापति, उपमहासचिव चिनु गुरुङ तथा संघका पूर्वउपाध्यक्ष ईश्वर कर्माचार्य रहेका थिए ।

मेलाको पूर्वसन्ध्यामा आयोजित प्रभातफेरीमा सहभागिहरुमध्ये चिउली पार्चे तमु समाज र सिटी रेवानलाई पनि सो अवसरमा नगद १० हजार रुपैयाँसहित सम्मान गरिएको थियो । नगद पुृरस्कारको प्रायोजन गुरुङ हर्वल व्युटी पार्लर एण्ड एकेडेमीले गरेको थियो । मेलाअन्तर्गत आयोजना गरिएको खुल्ला नृत्य प्रतियोगिता अमृता सुनार पहिलो गणेश तामाङ दोस्रो विवश जलन्धर तेस्रो र सरिता दानकोटीले सान्त्वना पुरस्कार प्राप्त गरे । उनीहरुले क्रमशः २०,१५,१०,५ र २ हजार रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरे । उत्कृष्ट नृत्य निर्देश राहलु थापा घोषित भए । उनलाई पनि नगद २ हजार , मेडल र प्रमाणपत्र दिइयो ।

पोखरा उद्योग वाणिज्य संघ, नेपाल उद्योग वाणिज्य महासंघ, गण्डकी प्रदेश तथा नेपाल उद्योग वाणिज्य महासंघको आयोजना, पोखरा महानगरपालिकाको संरक्षण, नेपाल पर्यटन वोर्ड, आइएमई ग्रुप तथा राष्ट्रिय वाणिज्य बैंकको प्रवर्द्धनमा लगानीको सम्बर्द्धन उद्योग व्यवसायको प्रवर्द्धन

भन्ने उद्घोषसहितको मेला आयोजना गरिएको हो ।समृद्धि स्टिल्स मेलाको मुख्य प्रायोजक थियो भने शिव शिखर कृषि सहकारीको उपकार ब्राण्डले मेलाको सहप्रायोजन गरेको थियो । नेपाल टेलिकम,गरिमा विकास बैंक ,एनएमबि बैंक,गोल्छा अर्गनाइजेसन,एनआइसी एसिया बैंक,कुमारी बैंक,हिमश्री फुड्सको रारा चाउचाउ,बरुण बेभरेज,विजय डिष्टिलरी,हाइलाइफ फुड प्रोडक्ट,सगरमाथा इन्स्योरेन्स, अजोड इन्स्योरेन्स, बंगलामुखी एम्युजमेण्ट प्रालि पनि मेलाका विभिन्न सहयोगी विधामा जोडिएका थिए ।मेलाको हस्पिटालिटी पार्टनरमा कुटी रिसोर्ट रहेको थियो ।

मेलाको प्रवेश टिकटमा दैनिक लक्की ड्रमार्फत प्रदान गरिने उपहारको लागि हनुमान प्याराग्लाइडिङ प्रालि,स्काई बर्ड प्याराग्लाइडिङ प्रालि तथा द सोनिका अटोमार्ट प्रालिसँग सहकार्य भएको थियो । पुस १८ गतेदेखि आयोजित मेला समापनको अवसरमा बोल्दै प्रमुख अतिथि गण्डकी प्रदेशकी सामाजिक विकासमन्त्री नरदेवी पुनले मेला र महोत्सवको माध्यमबाट उद्यमशीलता विकासमा योगदान पुगेको बताइन् । कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका विकास समिति सभापति दीपक कोइरालाले आर्र्थिक उत्थानका लागि निजी क्षेत्रबाट भएका पहलहरु सह्रानीय भएको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष संजिवबबहादुर कोइरालाले उद्यमशीलता विकासको लागि निजी क्षेत्र सरकारसँग हातेमालो गर्न तयार रहेको बताए । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले २०४१ सालमा पोखरा उद्योग वाणिज्य संघले नै पहिलोपल्ट मेला आयोजना गरेको स्मरण गर्दै जहाँ जसले पनि मेला आयोजना गर्ने प्रवृत्ति अन्त्य हुनेपर्ने बताए । संघका महासचिव अर्जुन पोखरेलले पोखरा उद्योग वाणिज्य संघले नाफाको लागि नभइ उद्यमशीलता विकासको लागि मेला आयोजना गरेको बताए । कार्यक्रममा बोल्दै मुख्य प्रायोजक समृद्धि स्टिल्सका निर्मल श्रेष्ठले मेलामा सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button