पोखरा महोत्सवको टिकटबाट मासु किन्दा ३० रुपैया छुट

गिता राना मगर– २८, पुष । दशौं संस्करणको पोखरा महोत्सवको हरेक टिकटबाट पोखरा मिट मार्ट प्रालिमा कुनैपनि मासु किन्दा प्रतिकेजी ३० रुपैया छुट पाइने भएको छ ।

यसको ब्यवस्था पोखरा महोत्सव आयोजक युनाइटेड क्लबले महोत्सव प्रायोजक पोखरा मिट मार्ट प्रा. लि. संँगको सहकार्यमा गर्ने भएको हो । पोखराको लेकसाइडमा विगत ८ वर्ष देखि सञ्चालन भइ हाल पोखराको अमरसिंह चोकमा सञ्चालित पोखरा मिट मार्ट प्रालिको शाखाबाट महोत्सवमा आउने दर्शकले मिट मार्टमा आफुले काटेको टिकटको अर्धकट्टी लैजानुपर्ने दशौं पोखरा महोत्सव ब्यानर ब्यवस्थापन उपसमिति संयोजक पूर्ण श्रेष्ठले जानकारी दिए ।

युनाइटेड क्लवको आयोजनामा पुसको २९ गते मंगलवार देखी माघ १२ गते सम्म सञ्चालन हुने पोखरा महोत्सवको प्रत्येक टिकटको अर्धकट्टी लगेको खण्डमा पोखराको अमरसिंह चोक र लेकसाइडमा रहेको मिट मार्टमा उपलब्ध विभिन्न प्रकारको मासुको खरिदमा एउटा टिकटबाट एक केजी मासु किन्दा ३० रुपैया छुट दिने पोखरा मिट मार्टका सञ्चालक चिन बहादुर गुरुङले वताए ।

युनाइटेड क्लवले स्थापना कालदेखीनै पोखरा महोत्सवको आयोजना गरी सामाजिक काम संगै पोखरामा चिडियाखाना निर्माणमा समेत योगदान दिएकाले आफ्नो ब्यवशायबाट समेत केही सामाजिक काममा सहभागिता जनाउनका लागी आफुले महोत्सव अवधिभर छुटको योजना ल्याएको गुरुङको भनाइ रहेको थियो ।

गुरुङका अनुसार उक्त स्किम पोखरा महोत्सव अवधि पुष २९ देखी माघ १२ गते सम्म लागु हुनेछ । पोखरा मिट मार्ट पोखराको लेकसाईडमा विगत ८ वर्ष देखि सञ्चालनमा आएको र अमरसिंह चोकमा विगत १ महिना देखि सञ्चालनमा आएको हो । पोखरा मिट मार्टमा खसी, कुखुरा, बंगुर, भैसीका मासु सहित माछा र मासुजन्य वस्तुहरु उपलब्ध रहेको छ ।

आकाशमा उड्दै पोखरा महोत्सवको प्रचार प्रसार

पर्यटकीय शहर पोखरा साहसिक पर्यटकको मुख्य गन्तब्य हो । यहा आउने अधिकांश विदेशी तथा स्वदेशी पर्यटकहरु पोखराको सराङकोट बाट सञ्चालन हुने प्याराग्लाइडिङ गर्न रुचाउछन् । त्यही प्याराग्लाइडिङ गर्ने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई पोखरा महोत्सवको बारेमा जानकारी दिनका लागी महोत्सव आयोजकले प्याराग्लाइडिङमा आफ्नो महोत्सवको ब्यानर सहित प्याराग्लाडिङ मार्फत पोखरा महोत्सवको जानकारी दिएको छ ।

 

पोखराको लेकसाईडमा रहेको न्यु प्यारा वल्र्ड प्रा.लि.को सहयोगमा दुईवटा प्याराग्लाइडिङको सहयोगमा पोखरा महोत्सवको ब्यानर सहित पोखराको सराङकोट बाट लेकसाइडको फेवाताल किनार खपौदीमा पुगी प्रचार प्रसार र महोत्सवमा आउन पर्यटकहरुलाई निम्तो दिइएको महोत्सव आयोजक युनाईटेड क्लवका संस्थापक अध्यक्ष हिमालय बख्रेलले जानकारी दिए । सो अवसरमा प्याराग्लाईडिङ उडान भर्न सराङकोट आएका करिव सय जना पाइलट र पर्यटकहरुलाई पोखरा महोत्सवको बारेमा जानकारी दिइ पुस २९ देखी माघ १२ गते सम्म सञ्चालन हुने पोखरा महोत्सवमा आउन निम्तो दिइएको थियो ।

प्यराग्लाइडिङको सहयोगबाट पोखरा महोत्सवको बारेमा प्रचार प्रसार गरि भ्रमण वर्ष संगै पोखरा महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई जानकारी दिन पाउदा आफु निकै खुसी भएको न्यु प्यारा वल्र्ड प्रालिका प्रवन्ध निर्देशक सुमन थापाले वताए । युनाईटेड क्लवले पोखरा महोत्सवको आयोजना गरी विशुद्ध सामाजिक काममा अगाडि वढेको र महोत्सव आयोजक युनाईटेड क्लव संग सहकार्य गर्न पाउदा निकै खुसी लागेको वताउदै निर्देशक थापाले महोत्सव अवधिभर महोत्सवको लोगो अंकित झण्डा राखी आफ्नो कम्पनीको दुईवटा फ्लाईटबाट प्रचार प्रसार गरिदिने समेत वताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button