राजाराम पौडेल, पोखरा न्यूज – २८, पुष । पोखरामा सम्पदा अवार्ड वितरण गरिएको छ ।अवार्डको आयोजना सम्पदा कला मन्दिर नेपालले गरेको हो ।
यस संस्थाले वार्षिक रुपमा अवार्ड कार्यक्रम गर्दै आइरहेको छ । यसपाली कुल १२ वटा एवार्ड विभिन्न श्रष्टालाई वितरण गरिएको सम्पदा कला मन्दिर नेपालका अध्यक्ष देशभत्त सिँह कुँवरले जनाए ।
श्रष्टा अवार्ड अन्तर्गत उत्कृष्ट फिल्म निर्देशक अवार्ड युवा चलचित्र निर्देशक घनश्याम लामिछाने, उत्कृष्ट धुनसम्राट अवार्ड संगीतकार बिबि अनुरागी, उत्कृष्ट लोकगायक अवार्ड गायक पदमराज ढकाल, उत्कृष्ट अग्रज समाजसेवी अवार्ड समाजसेवी विश्वमोहन गौचनलाई वितरण गरियो ।
यसैगरी उत्कृष्ट स्वास्थ्यकर्मी अवार्ड योगेन्द्रराज रेग्मी, उत्कृस्ट एकेडेमिक अवार्ड प्रा.डा.यम बहादुर क्षेत्री, उत्कृष्ट शिक्षा अवार्ड श्रीकृष्ण अधिकारी, उत्कृष्ट नृत्य निर्देशक अवार्ड सुवास राई, उत्कृष्ट स्वाथ्यकर्मी अवार्ड दिपेन्द्र सुनार, उत्कृष्ट नारी चित्रकार अवार्ड मिलन शेरचन, उत्कृष्ट आत्मकथा अवार्ड रमा परासर र उत्कृष्ट उद्घोषक अवार्ड देवेन्द्र शाही (एस.के ) ले हात पारे ।
सोही कार्यक्रममा अलौकिक कविको रुपमा परिचित देसभक्त सिंह कुँवरको लिखित सिजो संग्रह सामनाको लोकार्पण समेत गरिएको थियो ।
अवार्ड ग्रहण कार्यक्रममा बोल्दै संगीतकार बिबि अनुरागीले सम्पदा कला मन्दिरले प्रदान गरेको एवार्डबाट सम्मानित सबैलाई थप जिम्मेबार बनाएको बताए । उनीहरुलाई सांसद सुर्य बहादुर केसीले अवार्ड प्रदान गरेका थिए । कला र सामाजिक क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरुलाई आगामी दिनमा समेत अवार्ड मार्फत सम्मान गर्दै जिम्मेवार बनाइने आयोजक संस्थाका कुँवरले बताए ।