जबरजस्ती करणीको आरोपमा चर्चका पाष्टर पक्राउ

काठमाडौं : ललितपुर कुसुन्तीस्थित आशा विश्वासी मण्डली चर्चका पाष्टर ध्रुवबाबु जोशी जबरजस्ती करणी सम्बन्धी कसुरमा पक्राउ परेका छन् । पीडित महिलाको लिखित जाहेरी आधारमा ललितपुर प्रहरीले सोमबार पाष्टर जोशीलाई नियन्त्रणमा लिएको हो ।

पीडितको उजुरीमा भनिएको छ, ‘आफ्नो बाथ सम्बन्धी र शरिरको खुट्टाहरु काम्ने रोगहरु समेत भएकोले सो चर्चमा गए पश्चात् राम्रो हुन्छ भन्ने बिश्वास लागि आशा विश्वासी मण्डली चर्चमा प्रार्थना गर्न जाने सिलसिला सो चर्चका पास्टर भन्ने व्यक्तिले मलाई भेटी तिमीले नराम्रो काम गरेको कारण तिमीलाई यस्तो रोग लागेको हो।

सो पाप मेटाउनको लागी तिमीले म सँग शारिरीक सम्पर्क गर्नुपर्छ भनि म प्रार्थना बस्दा परमेश्वरले मलाई भन्नु भएको छ। त्यस्तैले तिमीले मसँग शारिरीक सम्पर्क गर्नुपर्छ र तिमीले गरेको पाप नास भएर जान्छ।’ पीडित महिलाले आफूलाई ललाई फकाई बिश्वासदिलाई बिगत ३ महिनादेखि जबरजस्ती करणी गरेको जनाएकी छन् ।

सम्बन्धित न्यूज

प्रतिक्रिया

  1. यही हो नेपालमा धर्म परिवर्तन गराएर क्रीस्चियन बनाउने हरुको कालोकर्तूत। यस्तो घटना त नेपालका हरेक “मन्डली” मा घट्ने गर्छ भनेर धर्म परिवर्तन को शीकार बाट मुश्कील्सँग छुट्कारा पाउने भुक्त भोगी हरुको भनाइ छ। कृष्ण बहादुर महरा देखी गाउँ को सानो मन्डली को पास्टर सम्म यही तरिका अप्नाउने गर्छन् । यि पास्टर भनेका ब्लडिबास्टर्ड हरुलाई काठोर भन्दा काठोर सजाय दियिनु पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button