चीनमा सडक बीचमा परेको खाल्डोमा बस खस्दा ६ को मृत्यु,

पोखरा न्यूज – २९ , पुष । चीनको चिङ्गघाई प्रान्तस्थित सिनिङ्ग सहरमा सडकमा अचानक परेको खाल्डोमा बस खस्दा ६ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।

सोमबार दिउँसो भएको घटनामा ८० स्क्यायर मिटर क्षेत्रफलको ठूलो खाल्डो सडकमा अचानक खुलेको थियो । उक्त खाल्डोमा यात्रु चढाउन रोकिएको एउटा बस, सडक बत्ती र बस कुर्दै गरेका यात्रुहरु खसेको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । बस खसेसँगै त्यहाँ ठूलो आवाजसहित विस्फोट पनि भएको जनाइएको छ । विस्फोट भने पानीको पाइप फुटेर विद्युतीय केबुलमा परेकाले भएको जनाइएको छ ।

एक पटक खाल्डो परे पछि खसेकाहरुको उद्धार गर्ने क्रममा दोस्रो पटक पनि सडक भासिएपछि उद्धारकर्तासमेत खाल्डोमा खसेका थिए । घटना पछि खाल्डोमा खोज र उद्धार कार्य जारी रहेको र घाइते १६ को स्थानीय अस्पतालमा उपचार भइरहेको सिनिङ्ग नगरका प्रवक्ताले बताएका छन् । सिन्कहोल पनि भनिने यस्ता खाल्डा कसरी परे भन्ने बारे खोजी भइरहेको पनि जनाइएको छ । सिन्कहोलहरु अम्लीय पानीले सडक भित्रको चुनढुङ्गा वा त्यस्तै ढुङ्गालाई पगाल्दा खाली ठाउँ पैदा भएर बन्ने गर्छन् ।

चीनमा यसअघि पनि यस्ता घटनामा कैयौंको मृत्यु भइसकेको छ । २०१९ को डिसेम्बर १ मा तीन यात्रु सवार एक गाडी यस्तै सिन्कहोलमा खसेको थियो भने २०१८ मा सोही प्रकारको खाल्डोमा खसेर चारको मृत्यु भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button