मिस नेवा: पोखरा हुँदै , माघ १० गतेसम्म आवेदन फारम खुल्ला

दीननाथ बराल,  पोखरा न्यूज – २९ , पुष । आगामी चैत महिनाको दोस्रो साता मिस नेवाः पोखरा ११४० हुने भएको छ । नेवारी समुदायको भाषा र संस्कृतिको संरक्षण गर्ने उद्धेश्यले दुई/दुई बर्षमा हुँदै आएको प्रतियोगिता यस बर्ष चैत ८ गते हुने भएको मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

नेवा खलः कास्कीको आयोजनामा हुने प्रतियोगिताको फारम आवेदन पुष २० देखि माघ १० गतेसम्मको लागि खुल्ला गरिएको प्रतियोगिताका संयोजक विमल श्रेष्ठले बताए । उनका अनुसार प्रतियोगिताको अडिसन भने माघ १२ गते नेवा छे सभाहलमा हुनेछ । फारम भर्दा दर्ता शुल्क ५ सय रुपैया लाग्ने भएको छ भने प्रतियोगितामा छनौट भए पश्चात सहभागिले आयोजकलाई पुनः ६ हजार रुपैया थप शुल्क तिर्नुपर्ने संयोजक श्रेष्ठले जनाए ।

माघ १७ गते देखि प्रशिक्षण शुरु गरिनेछ । १६ देखि २२ बर्ष उमेर समुहका एसइई उत्रिण गरेका युवतीहरुलाई प्रतियोगितामा सहभागि गराइनेछ । प्रतियोगिताका विजेतालाई ४० हजार, उपविजेतालाई २५ हजार र तेस्रो हुनेलाई १५ हजार साथमा गिफ्ट ह्याम्पर साथमा प्रमाणपत्र वितरण गनिरेछ । उत्कृष्ट नेवारी भाषा, भ्यूअर्स च्वाइस, मस्ट ट्यालेन्ट बेष्ट पर्सनालिटि, बेष्ट फ्रेन्डली, बेष्ट स्माइल, फोटोजेनिकलाई जनहि ५ हजारको साथमा प्रमाण पत्र उपलब्ध गराइने भएकोे सह मुल संयोजक संगीता बज्राचार्यले बताइन्।  प्रतियोगिताको अवधिमा तीन दिन काठमाण्डौं भ्रमण सहित तीन महिना प्रशिक्षण गराइने भएको उनले बताइन्।

नेपाल संवत ११३१ देखि नियमित रुपमा हुँदै आएको उक्त प्रतियोगितामा हालसम्म १ सय ४९ जना युवतीहरुको सहभागिता रहेको जसबाट धेरै नेवारी समुदायको बारेमा जनजागरण गराइएको नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखेले बताए । नेपालमा नेवार समुदायको भाषा, कला, साहित्य, संस्कार सबै क्षेत्रमा निर्वाह गरेको भूमिकाबारे नयाँ पुस्तालाई जानकारी दिन प्रतियोगितालाई निरन्तरता दिदै आएको उनले जनाए ।

प्रतियोगिता सम्पन्न गर्न करिब १० लाख रुपैया अर्च लाग्ने भएको अध्यक्ष पालिखेले जनाए । प्रतियोगितालाई भब्य रुपमा सम्पन्न गर्न १७ वटा विभिन्न उपसमितिहरु गठन भएको प्रतियोगिताका प्रचारप्रसार संयोजक अनिषा श्रेष्ठले बताइन्। मिस नेवाः ११३८ का विजेता प्रिति बुद्धाचार्य हुन्।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button