साइकललाई जोगाउन खोज्दा बस पल्टियो

पोखरा न्यूज -०१,  माघ।  पूर्व–पश्चिम राजमार्गअन्तर्गत  चितवन जिल्लाको खैरहनी नगरपालिका–१ ज्यामीरेमा आज दिउँसो साइकललाई जोगाउन खोज्दा यात्रुवाहक बस पल्टिएको छ ।

लोथरबाट नारायणगढतर्फ आउँदै गरेको बा४ख १३७० नम्बरको बसले साइकलयात्रीलाई जोगाउन खोज्दा आफँै अनियन्त्रित भई सडकबाट २० मिटर तल नालीमा पल्टिएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार दुर्घटनामा परी १० जना घाइते भएका छन् । उनीहरुमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

साइकलमा सवार दुई जना र बसमा सवार आठ जना घाइते भएका हुन् । घाइते सबैको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button