बच्चा बच्ची हुर्काउन यी हुन् विश्वका उत्कृष्ट देशहरु

पोखरा न्यूज -०१,  माघ। आफ्ना छोरा छोरी राम्रो वातावरणमा हुर्काउन सबै अभिभावकको रहर हुन्छ । यसै उद्देश्यका साथ कैयौं अभिभावकहरु परिवारै बोकेर विकसित राष्ट्रतिर बसाइँसराइ गर्ने पनि गर्छन् । तर विश्वमा कुन होला त बच्चा बच्ची हुर्काउन सबैभन्दा राम्रा देशहरु ?

यसै सन्दर्भमा युएस न्युज एन्ड वर्ल्ड रिपोर्ट तथा युनिभर्सिटी अफ पेन्सिल्भानियाले गरेको एक सर्भेले केटाकेटी हुर्काउन डेनमार्क विश्वमै सबैभन्दा उत्कृष्ट राष्ट्र रहेको निर्क्योल निकालेको छ । विश्वका ७३ राष्ट्रमा २० हजार मानिसबीच गरिएको सर्भेले स्वीडेन र नर्वे दोस्रो र तेस्रो स्थानमा रहेको देखाएको छ भने क्यानडा चौथो स्थानमा रहेको छ । भरपुर प्रसुति बिदा, बालबालिकालाई सित्तैमा किन्डरगार्डेन तथा प्रिस्कुल सुविधा र समग्रमा उत्कृष्ट सार्वजनिक विद्यालयको उपलब्धताले यी देश केटाकेटी हुर्काउन उत्कृष्ट रहेको जनाइएको छ ।

विश्वकै शक्तिशाली मानिएको अमेरिका भने केटाकेटी हुर्काउने सवालमा खासै उत्कृष्ट ठहरिन असफल रह्यो । १८ स्थानमा रहेको अमेरिका सुरक्षा र विश्वास जस्ता मापदण्डमा खुस्किन पुग्यो । एसियाबाट भने कुनै पनि राष्ट्र सुचीको शीर्ष १० पनि अटाउन सकेनन् । त्यस्तै नेदरल्यान्ड, फिनल्यान्ड, स्वीजरल्यान्ड, न्युजिल्यान्ड, अस्ट्रेलिया र अस्ट्रिया शीर्ष १० स्थानमा अटाउन सफल हुँदा बेलायत भने ११ औं स्थानमा पुग्यो ।

सर्भेमा अभिभावकलाई केटाकेटी हुर्काउन सहजता, सुरक्षा, विश्वासका अलावा लैङ्गिक समानताको अवस्था, वातावरणीय अवस्था, मानव अधिकारको अवस्था, परिवार मैत्री कानुन जस्ता गुणहरुलाई पनि आधार मानिएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button