कभर डान्स प्रतियोगिताको उपाधि भुजुङ यजम्रो डान्स ग्रुपलाई

पोखरा न्यूज -०१, माघ। भिडियो  प्रतियोगिताको उपाधि भुजुङ यजम्रो डान्स ग्रुप पोखराले जितेको छ । करिब ६ महिनासम्म स्ट्रिम नेपालको युटयुब च्यानल मार्फत सञ्चालन भएको प्रतियोगितामा कूल ११ वटा समुहले भाग लिए ।

ङोल्स्यो म्हिथेबा बोलको गीतमा आयोजना गरिएको प्रतियोगीतामा कूल २ लाख ११ हजार ९ सय ९५ युटयुब दर्शकको भोटसहित भुजुङ यजम्रो डान्स ग्रुप पोखराले उपाधि जितेको हो ।

१ लाख १३ हजार ८ सय १८ दर्शक भोटका साथ प्रगती चोक आमा समुह पोखरा २७ रिठेपानी द्धितिय बन्यो । प्रथम भएको समुहले ८० हजार र द्धितिय भएको समुहले नगद ४० हजार पुरस्कार हात पार्नेछ ।

बिजेता समुहलाई आगामी माघ २६ गते लमजुङको डडुवा दुर्छा तमू समाज पोखरा १० जनप्रियटोलमा एक भव्य कार्यक्रमका बीच पुरस्कार वितरण गरिने गायक राजबहादुर गुरुङले जनाए।

स्ट्रिम नेपालको फेसबुक पेज मार्फत पोखरामा भएको नतिजा घोषणा कार्यक्रममा सुपर युनिक फिल्मस् प्रा.लि.का निर्देशक प्रेम गुरुङले बिजेता समुहको नाम सहित उनीहरुले प्राप्त गरेको मत सङख्या सार्वजनिक गरेका थिए ।

गीतलाई हालसम्म ८ लाख ७२ हजार ४ सय ३५ पटक स्ट्रिम नेपालको युटयुब च्यानल मार्फत हेरिएको छ । सुपर युनिक फिल्मस् प्रालिको व्यानरमा निर्माण भएको गीत गायक तथा नृत्य निर्देशक राजबहादुर गुरुङको पहिलो गीति कोसेली हो ।

राजबहादुर गुरुङ र मिलन नेवारको स्वर रहेको गीतमा बेलायत निवासी के.बि. गुरुङको शब्द र मनोज गुरुङको संगीत रहेको छ भने तेजेन्द्र गुरुङले म्युजिक एरेन्ज गर्नुभएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button