चीन-अमेरिका व्यापार सम्झौतामा कस्ता निर्णय भए त ?

पोखरा न्यूज -०२, माघ । चीन र अमेरिकाबीच भएको व्यापार सम्झौताले दुई देशबीच करोडौंको व्यापारिक कारोबार सुचारु हुने संकेत गरेको छ ।

बुधबार भएको सम्झौता अनुसार अब चीनले अमेरिकाबाट २ सय बिलियन डलर बराबरको सामान किन्नेछ भने जवाफमा अमेरिकाले १ सय २० बिलियन डलर बराबरको चिनियाँ सामानमा लगाइने कर १५ प्रतिशत बाट आधा कम अर्थात ७.५ प्रतिशतमा झार्नेछ । २०१७ मा चीनले अमेरिकाबाट १ सय ८५ बिलियन डलर बराबरको सामान आयात गरेको थियो ।

चीनले बढाउने आयातमा मुख्यरुपमा कृषिजन्य सामाग्री हुने बताइएको छ । यस अवधिमा चीनले अमेरिकाबाट सोयाबिन, पोर्क मासु, कपास र गहुँ जस्ता खाद्यान्न आयातमा वृद्धि गर्नेछ ।

सम्झौतामा व्यापारमा वृद्धिका साथै अमेरिकाले दोष लगाउँदै आएको गोप्यता तथा बौद्धिक सम्पत्ति चोरी जस्ता विषयमा चीनले विचार पुर्याउने जनाइएको छ । त्यस्तै चीनमा सञ्चालन हुन चाहने अन्तर्राष्ट्रिय बैंकलाई चाहिने न्युनतम आवश्यकता पनि चीनले घटाउने जनाएको छ । सम्झौतासँगै अमेरिकी कर वृद्धिले समस्याग्रस्त भएका चीनका कम्पनीलाई ठूलो राहत मिल्ने अनुमान गरिएको छ ।

व्यापार सम्झौता अन्तर्गतको पहिलो चरण मानिएको यस सम्झौताले दुई देशबीच भएको व्यापार युद्धको अवस्थालाई धेरै हदसम्म साम्य पार्ने विश्वास गरिएको छ । १८ महिना देखि जारी व्यापार युद्ध कम हुने संकेत देखिएसँगै विश्व सेयर बजार उकालो लागेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button