युएईमा नेपाली सवार मिनिबस दुर्घटना, ६ जनाको मृत्यु

काठमाडौं । संयुक्त अरब इमिरेट्स युएईको अबुधावीमा बिहीबार बिहान भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ। घटनामा अन्य २४ जना घाइते भएका छन्। बिहान करिव साँढे पाँच बजे भएको दुर्घटनामा परेर घाइते भएका २४ जनामध्ये १३ जना नेपाली भएको युएईस्थित नेपाली दूतावासले जनाएको छ।

तर, मृत्यु भएका व्यक्तिको राष्ट्रियता र पहिचान खुलेको छैन। प्रवासी कामदार बोकेको बसले मालबहाक लरीलाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो। आबुधावी प्रहरीले सार्वजनिक गरेको भिडियोमा सडकमा गुडिरहेको कारले दाँया साइड च्याप्दै रोकिन खोजेपछि पछिपछि रहेका दुईवटा लरीले गति कम गर्दै रोकिँदा पछाडिबाट आएको मिनीबसले पछिल्लो लरीलाई ठक्कर दिएको देखिएको छ।

स्थानीय प्रहरीले लापरवाहीपूर्ण ड्राभिङका कारण दुर्घटना भएको जनाएको छ। दुर्घटनापश्चात युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालसहित दूतावासको सोली घाइतेहरूलाई भर्ना गरिएको मरफाक अस्पतालमा भेट्न पुगेका थिए। दूतावासले नेपाली काम गर्ने कम्पनीसँग सम्पर्क गरेको जनाएको छ। दूतावासका अनुसार ती काममदार कुन कम्पनीका काम गर्थे भन्ने खुलेको छैन।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button