मनाङको थोरङ्गला पासका लागि हिडेका ४ चिनिया पर्यटक समेत सम्पर्कबिहीन

पोखरा न्यूज – ०४, माघ । मनाङको थोरङ्गला पासका लागि  हिडेका  चार जना चिनिया पदयात्री पर्यटक सम्पर्कबिहीन भएका छन् । सम्पर्कबिहीन हुनेहरुमा २ जना पुरुष र २ जना महिला  रहेको  प्रहरीले जनाएको छ  ।

पासपोर्ट नम्बर  EG११२९२६२ रहेकी हुवाङ्ग युइन, पासपोर्ट नम्बर EO५२५६४८० रहेकी क्याट सियु टिङ्, पासपोर्ट नम्बर EC३४६७१० रहेका मा क्युएन्ली र पासपोर्ट नम्बर E६६८७०००५ रहेका एन्ब्ड झड  एक सातादेखि सम्पर्कबिहीन भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी प्रवक्ता दीपक रेग्मीले जानकारी दिए  ।

विश्वकै उत्कृष्ट पदयात्रामा पर्ने थोरड्ला पासका लागि गत पुष २७ गते  मनाङको  निस्याङ गाउँपालिका -९ स्थित एक्यापको कार्यालयबाट छुटेका उनीहरु सम्पर्कबिहीन भएका हुन् ।

एक साता बित्दा समेत उनीहरु  थोरङ्गला पास नपुगेको  र सम्पर्कमा समेत नआएको खबर प्राप्त भएपछी प्रहरी टोली खटाई अनुसन्धान तथा  खोजिकार्य भैरहेको प्रहरीले जनाएको  छ ।

राउण्ड अन्नपूर्ण पदमार्गमा आउने पर्यटकको मूख्य गन्तव्य थोराङ्ला पास मानिन्छ  ।

बिहीबार र शुक्रबार अत्यधिक हिउँ परेपछि विश्वकै चर्चित अन्नपूर्ण बेस्क्याम्प पुगेका चार  कोरियन पर्यटक र एक नेपाली समेत हराएका छन्। हराउनेमा कोनाको ट्रेकि एजेन्सीबाट गएका नेपाली गाइड सरोज परियार रहेको  टान पश्चिमाञ्चलका अध्यक्ष हरि भूजेलले जानकारी दिए।

अरु हराइरहेका कोरियन पर्यटकहरुमा ५७ वर्षीय ली मिन सु, ५३ वर्षीया किम सूक जा, ५९ वर्षीय जियोङ पिल बोङ र ३८ वर्षीया चोई ह्यो वन रहेको बताइएको छ। ३ दिन अघि १५ जनवरीबाट मात्रै पदयात्रा शुरु गरेका कोरियाली पर्यटक र गाइड  यात्रा गरेको दोस्रो दिनदेखि बेपत्ता छन्।

 

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button