राष्ट्रियसभा सदस्यमा नारायणकाजी श्रेष्ठ निर्वाचित

पोखरा न्यूज – ०९, माघ । राष्ट्रियसभा सदस्यका लागि भएको निर्वाचनमा नारायणकाजी श्रेष्ठ विजयी भएका छन् ।

आज (बिहीबार) भएको गण्डकी प्रदेश अन्तर्गत अन्य समूहको निर्वाचनमा श्रेष्ठले काङ्ग्रेसका सुर्यप्रसाद रेग्मीलाई १ हजार २ सय १८ मतान्तरले पछि छोड्दै विजयी भएका हुन् ।

श्रेष्ठले ३ हजार ४ सय ६२ मत ल्याउँदा रेग्मीले २ हजार २ सय ४४ मत ल्याए । त्यस्तै महिला समूह तर्फ भएको निर्वाचनमा नेकपा कै नेतृ भगवती न्यौपाने विजयी भएकी छिन् । उनले ३ हजार ३ सय ६६ मत ल्याइन् ।

आज राष्ट्रियसभा सदस्यको रिक्त १८ पदका निर्वाचन भएको हो । मतदानका लागि बिहान १० देखि अपराह्न ४ बजेसम्म समय तोकिएको थियो । निर्वाचनमा ५ सय ५० प्रदेशसभा सदस्य तथा स्थानीय तहका अध्यक्ष-उपाध्यक्ष, प्रमुख-उपप्रमुख तथा एक हजार ५ सय ६ गरी कूल दुई हजार ५६ मतदाता सहभागी थिए भने निर्वाचनमा ६ राजनीतिक दलका ४५ उम्मेदवार प्रतिस्पर्धामा उत्रेका छन् ।

त्यस्तै प्रदेश २ अन्तर्गत ४ पदका लागि भएको मतगणना शुरु भएको छ भने अन्य १२ स्थानको मतगणना पनि छिटै शुरु हुने बताइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button