भारतले न्युजिल्यान्डलाई ६ विकेटले हरायो

पोखरा न्यूज – १० , माघ । भारतले न्युजिल्यान्डलाई ६ विकेटले पराजित गर्दै ५ खेलको टि ट्वान्टी शृङ्खलामा १-० को अग्रता लिएको छ ।

आज न्युजिल्यान्डको अकल्यान्डमा भएको खेलमा भारतले टस जितेर फिल्डिङको निर्णय गर्यो । टस हारेको न्युजिल्यान्डले ब्याटिङ भने जोडदार गर्यो । न्युजिल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २०३ रन बनायो । उसका ओपनर मार्टिन गप्टिलले ३०(१९) रन बनाउँदा अर्का ओपनर कोलिन मुन्रोले विस्फोटक ५९(४२) रन बनाए ।

न्युजिल्यान्डको पारीमा मुन्रोका साथै केन विलियम्सन र रोस टेलरले पनि अर्धशतक बनाए । कप्तान विलियम्सनले ५१(२६) रन बनाउँदा रोस टेलरले पनि ५४(२७) रनको योगदान दिए । भारतका लागि जसप्रित बुमराह, सार्दुल ठाकुर, युज्वेन्द्र चहल, शिवम दुवे र रविन्द्र जडेजाले १-१ विकेट लिए ।

प्रतिउत्तरमा २०४ रनको विशाल लक्ष्य भारतले १९ ओभरमै ४ विकेट गुमाउँदै सहजै पूरा गर्यो । भारतका लागि लोकेश राहुलले ५६(२७) रन बनाउँदा श्रेयस ऐयरले ५८(२९) रनको योगदान दिए । भारतका कप्तान विराट कोहलीले पनि ४५(३२) रन बनाए । न्युजिल्यान्डको इस सोदीको भागमा २ विकेट रह्यो ।

अब सिरिजको दोस्रो खेल आइतबार अकल्यान्ड मै खेलिनेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button