चायल्ड आइकन पोखराको उपाधि इशानीलाई

राजाराम पौडेल, पोखरा न्यूज – १२ , माघ । मिडिया ल्याण्डले पोखरामा आयोजना गरेको दोस्रो संस्करणको चायल्ड आइकन पोखराको उपाधि इशानी बराइली जितेकी छन् । शनिबार पोखरा सभागृहमा भएको फाइनलमा अन्य प्रतिस्पर्धी भन्दा अब्बल बन्दै सेन्टम्यारीज सेकेन्डरी स्कुलमा अध्ययनरत उनले उपाधि चुमेकी हुन् ।

प्रतियोगीतामा जुनिएर तर्फ फस्ट रनर्सअप मदर ल्याण्डमा अध्ययनरत प्राथना रेग्मी र सेकेन्ड रनर्सअप शिशु निकेतन विद्यालयमा अध्ययनरत लावन्य लम्साल बन्न सफल भए ।  यसैगरी सिनियर तर्फ फस्ट रनर्सअप कुम्दीनी होम्समा अध्ययनरत मानुशी भण्डारी र सेकेन्ड रर्नसअप शिशु निकेतनमा अध्ययनरत आकांक्षा आचार्य घोषित भए ।  कार्यक्रममा फाइनलमा पोखराका १५ विद्यालयबाट ३४ जना छात्रा र १६ जना छात्र गरी कुल ५० जना बालबालिकाले प्रतिस्पर्धा गरेको आयोजक मिडिया ल्याण्डको एम.डि. प्रतिमा श्रेष्ठले जनाइन् ।

पोखरा सभागृह हलमा हुने फाइनल प्रतियोगीतामा जुनीयर तथा सिनियर गरी दुई समुहमा विभाजन गरी प्रतिष्पर्धा गराइएको हो । आइकन भने दुवै सुमुहबाट एकमुष्ट छानिएको हो । उनीहरु सबै पोखरामा भएको अडिसन मार्फत छानिएका थिए । छानिएका प्रतिभालाई व्यक्त्तित्व विकास, सामाजिक चेतना, पारिवारिक चेतना लगायतका तालिम मार्फत निखारिता थपेर अन्तिम प्रतिष्पर्धामा उतारिएको हो ।

प्रतियोगीताको निर्णायकमा गायक रामभक्त जोजीजु, गायिका इतु जोजीजु, रजनी ऋदम राई, मोडल विशाल गुरुङ, मिस तामाङ २०१७ कविता तामाङ, खेलाडी जमुना थापा, रमेश पाण्डे, तारा गुरुङ आदी निर्णायक रहेका थिए । कार्यक्रमको थप आर्कषणमा प्रतियोगी बालबालिकाका आमाहरुको र्याम्पवाक रहेको थियो ।  विजेता तथा उपविजताले अन्तराष्ट्रिय प्रतियोगीतामा भाग लिन पाउने श्रेष्ठले जनाइन् । टर्की, बुल्गेरिया, ब्राजिल, साउथ अफ्रिका लगायतका देशमा प्रतिष्पर्धा गर्न उनीहरुले पाउनेछन् ।

यसअघि बुल्गेरियामा भएको कार्यक्रममा रोजा पाण्डेले उपाधि जितिन् । विशेषता बुढाथोकीले टर्की र बुल्गेरीया, अनिषा थापाले बुल्गेरीया, मेघिका काप्रीले टर्की, प्रयाग काफ्ले र दिव्यश्वरी भट्टराईले बुल्गेरीयामा सहभागी भई सवटाइटल जितिसकेका छन् ।
मिडिया ल्याण्डले सन् २०१० बाट काठमाण्डौमा चायल्ड आइकन गर्न सुरु गरेको थियो ।

सन् २०१२ जुनियर र सिनियर प्रतिभा एउटै मञ्चबाट छान्न थालियो । सन् २०१६ बाट यसलाई छुट्टाछुट्टै रुपमा आयोजना गर्न थालिएको छ । हालसम्म झण्डै पच्चिस सय बाबुनानीलाई अडिसन मार्फत सामेल गराइसकेको यो संस्था मोफसलमा भने पहिलोपटक चायल्ड आइकन पोखरा सिजन वान मार्फत दूई वर्ष अगाडी पोखरामा आएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button