दिपकको ‘हे ङोल्स्यो’ गीत सार्वजनिक (भिडियो सहित)

राजाराम पौडेल, पोखरा न्यूज – १४ , माघ । र्यापर लाहुेर एण्ड दि व्याण्डका गितारिष्ट दिपक लामाको नयाँ गीत ‘हे ङोल्स्यो’ सार्वजनिक भएको छ । यो गीत हाइलाइट नेपालको युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।

गायक लामा यो गीत वेस्र्टन लोकपप गीत भएको बताउँछन् । नेपाली र गुरुङ शब्दको समिश्रण गरी वेस्र्टन लोकपपमा यो गीतलाई ढाल्दा उत्कृष्ट बनेको उनले बताए ।

गीतमा आवाज सँगै रचना र संगीत समेत लामालेनै सिर्जना गरेका छन् । प्लस रेकडिङ स्टुडियोमा रेर्कड गरिएको गीतको भिडियोमा समेत दिपक लामा अनुता गुरुङसँग देखिएका छन् ।

प्लस प्रोडक्सनको प्रस्तुतीमा तयार पारिएको भिडियो निर्देशन लामाले गरेका हुन् भने छायांकन समिर गुरुङले गरेका हुन् । दर्शकबाट गीतको बारेमा सकारात्मक प्रतिक्रिया आएकोले गायक लामा उत्साहित बनेका छन् ।

लामासँग र्यापर लाहुेरसँगै डिमर्चा, मन्त्र  व्याण्डमा काम गरेको अनुभव छ । उनले पोखराको गणेशटोलमा प्लस रेकडिङ स्टुडियो समेत सञ्चालन गरेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button