गोरखामा भीरबाट लडेर एक महिलाको मृत्यु

पोखरा न्यूज – १६ , माघ । गोरखामा घाँस काट्न गएकी एक महिलाको भीरबाट लडेर मृत्यु भएको छ ।

गोरखा नगरपालिका-१४ याङकोट घर भएकी ४० वर्षीया विष्णु विकको भीरबाट लडेर मृत्यु भएको हो । सिमलचौताराको भीरमा घाँस काट्दै गर्दा विक लडेर घाइते भएकी थिइन् ।

घाइते विकलाई उपचारका लागि गोरखा जिल्ला अस्पताल लगिएको र उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको पनि प्रहरीले बताएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button