गोरखामा ट्रिपरले किचेर दुध बेच्न हिँडेकी महिलाको हत्या

गोरखा । गोरखाको छेपेटारमा ट्रिपरले किचेर एक महिलाको मृत्यू भएको छ । घरबाट छेपेटार बजारमा दुध बेच्न हिँडेकी गोरखा नगरपालिका १० अमलापानीकी मनमाया तामाङलाई ग १ ख ८०२७ नंबरको ट्रिपरले किचेको हो। तामाङको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

म्हिलाको मृत्युपछि आक्रोशित स्थानीयको भिडले उक्त ट्रिपरलाई आगजनी गरेका छन् ।त्यस्तै गोरखकाली क्रसर उद्योगमा रहेका करिब २ दर्जन ट्रिपर तथा एक्साभेटर तोडफोड गरेका छन्। क्रसरमा अहिले बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको जिप्रका गोरखाले जनाएको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button