पोखरा न्यूज – २० , माघ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस हालसम्म २५ देशमा फेला परेको पुष्टि भइसकेको छ ।
भाइरसबाट ३ सय ६२ जनाको मृत्यु भइसकेको छ भने १७ हजार ४ सय ८ संक्रमित भएका छन् । विश्व स्वास्थ्य संगठनको आँकडा अनुसार हालसम्म भाइरस फैलिएका राष्ट्रहरु निम्नानुसार छन् :
चीन : मेनल्याण्ड चीनमा १४ हजार ३ सय ८०, हङकङमा १४ तथा मकाउमा ७ जना संक्रमित
थाइल्यान्ड : १९ जना
जापान : २० जना
सिङ्गापुर : १८ जना
दक्षिण कोरिया : १५ जना
ताइवान : १० जना
मलेसिया : ८ जना
अष्ट्रेलिया : ७ जना
जर्मनी : ८ जना
अमेरिका : ८ जना
फ्रान्स : ६ जना
भियतनाम : ६ जना
क्यानडा : ४ जना
संयुक्त अरब इमिरेट्स : ५ जना
रसिया, भारत, बेलायत : २ जना
तथा कम्बोडिया, फिनल्यान्ड, फिलिपिन्स, नेपाल, श्रीलंका, स्वीडेन र स्पेन १-१ जना ।