तनहुँमा बस र माइक्रो ठोक्किँदा ११ जना घाइते (घाइतेको नामावलीसहित)

पोखरा न्यूज – २१ , माघ । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-२ नारीघाटमा बस र माइक्रोबस ठक्कर खाँदा ११ जना घाइते भएका छन् ।

आज(मङ्गलबार) बिहान १०:४५ बजे आँबुखैरेनीबाट डुम्रेतर्फ जाँदै गरेको ना ४ ख ६३५७ नम्बरको यात्रुबाहक बस र विपरीत दिशाबाट आउँदै गरेको बा ३ ख ४२०१ नम्बरको माइक्रोबस एकापसमा ठोक्किएका थिए । घटनामा माइक्रोमा सवार ७ र बसमा सवार ४ गरि जम्मा ११ जना यात्रु घाइते भएका छन् । घाइते मध्ये ८ जनाको अवस्था मध्यम तथा २ को अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घटनामा एक जना सामान्य घाइते भएको पनि प्रहरीले उल्लेख गरेको छ ।

घटनामा घाइते हुनेको नामावली

पुरानो मेडिकल कलेजमा उपचाररत
१. गोरखा पालुङटारकी मधु थापा
२. लमजुङ राईनसका गम बहादुर अधिकारी
३. सिन्धुपाल्चोक मेलम्चीका दिल बहादुर तामाङ
४. तनहुँ बन्दिपुरका विश्वधोज थापा, अवस्था गम्भीर
५. तनहुँ बन्दिपुरकी लक्ष्मी कायस्थ, अवस्था गम्भीर
६. ओखलढुङगा बल्खुका होम बहादुर खत्री
७. ललितपुर पाटनकी रुपा महर्जन, अवस्था सामान्य
८. पाल्पा तानसेनका दुरदिन मियाँ
९. पाल्पा तानसेनका गगुली मियाँ
१०. लमजुङकी साईरा मियाँ

बि एन्ड बि काठमाडौंमा उपचाररत
२. सप्तरी अग्निसाहीका अर्जुन गौतम

घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button