प्रेम गीत ३ को ’हात्ती ढुंगामा’ गीत सार्वजनिक (भिडियो सहित)

पोखरा न्यूज – २२ , माघ ।  चलचित्र ‘प्रेम गीत ३’को पहिलो गीत सार्वजनिक गरिएको छ ।

भिडियोमा प्रदिप खड्का, क्रिस्टिना गुरुङ, क्रिजन गौतम, सुनिल थापा, माओत्से गुरुङ आदी कलाकारलाई देख्न सकिन्छ । हरिका साउदले लेखेको गीतमा सागर आले र मेलिना राईले आवाज भरेका छन् ।

आशुसेन फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो गीत मनाङमा खिचिएको हो । कल्याण सिंहको संगीत, कविराज गहतराजको कोरियोग्राफीमा निर्माण भएको चलचित्र ‘प्रेम गीत ३’लाई सन्तोष सेन र छेतेन गुरुङले संयुक्त रुपमा निर्देशन गरेका छन् ।

छायांकन सकिएको चलचित्रको अहिले डबिङको काम शुरु भएको छ । आगामी चैत २८ मा प्रदर्शन हुने यो चलचित्र लभ स्टोरी चलचित्र हो । प्रदीपको फरक अवतार रहेको चलचित्र दुई सय वर्ष पुरानो प्रेमकथामा आधारित छ ।

चलचित्रमा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माहोत्से गुरुङ, मनिष राउत, पुष्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगीशा खत्री, समृद्धि शाही ठकुरी, क्रिजन गौतम, जीवन बराल, जीवन भट्टराई, लक्ष्मी बर्देवा, सुजन बस्नेत, राज थापा आदी कलाकारको अभिनय रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button