कुशल मल्ललाई ऐतिहासिक सफलता, एकदिवसीयमा सर्वाधिक कम उमेर मै अर्धशतकको कीर्तिमान

पोखरा न्यूज – २५ , माघ । आइसिसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपालका कुशल मल्लले ऐतिहासिक सफलता हासिल गरेका छन् ।

एकदिवसीय क्रिकेटमा डेब्यु खेलमै मल्लले सर्वाधिक कम उमेर मै अर्धशतकको कीर्तिमान कायम गरेका हुन् । मल्लले अमेरिकाविरुद्ध १५ वर्ष ३ सय ३९ दिनको उमेरमै अर्धशतक प्रहार गर्दै नेपाल कै रोहित कुमार पौडेलको रेकर्ड तोडेका हुन् । पौडेलले संयुक्त अरब इमिरेट्सविरुद्ध १६ वर्ष १४६ दिनको उमेरमा अर्धशतक प्रहार गरेका थिए । अहिलेसम्मको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४०.३ ओभरमा ८ विकेट गुमाउँदै १५४ रन जोडेको छ ।

नेपालका लागि कुशल मल्लले ५०(५१) रन बनाउँदा कप्तान ज्ञानेन्द्र मल्लले २१(४९) रन बनाए । अहिले विनोद भण्डारी ४१(५०) ब्याटिङ गरिरहेका छन् । अमेरिकाका सौरभ नेत्रभाल्कर र क्यामरन स्टेभेन्सनले २-२ विकेट लिएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button