पोखरामा प्रकटले सुनाए प्रणय गजल

राजाराम पौडेल, पोखरा न्यूज – २७ , माघ । गजलकार प्रकट पंगेनी शिवको एकल गजल वाचन कार्यक्रम पोखरामा आयोजना गरियो । प्रणय गजलमा स्थापित उनका प्रणय गजल सुन्न गजलप्रेमी दर्शक पोखरा थिएटरको गन्धर्व नाटकघरमा पुगेका थिए ।

नजिकिदै गरेको प्रणय दिवसलाई मध्येनजर गर्दे आयोजना गरिएको गजल वाचन कार्यक्रममा प्रकटले कुल १७ वटा गजल वाचन गरे ।  पगेनीको यो गजल वाचन यात्राको २२ औँ श्रृखला थियो । कार्यक्रममा प्रकटका मायाप्रेमसँग सम्बन्धित प्रेमिल गजल सुन्दै दर्शक रमाए । आफ्नो वाचन शैली मार्फत दर्शकको ध्यान खिच्न उनले मेहनत गरे ।

नयाँ पुस्ता उनका गजल प्रति बढी आर्कषित छन् । गजल वाचन कार्यक्रममा उपस्थित दर्शक भने नयाँ सँगै पुराना पुस्ताका समेत उतिकै थिए । शुभप्रभात साहित्य पुञ्ज पोखराले कार्यक्रमको आयोजना गरेको थियो ।

‘उड्यो रिमै फेवातालमा छाल साँझपख, हान्यो रिमै माझीदाइले जाल साँझपख’ गजलबाट गजल वाचन आरम्भ गरेका उनले ‘जस्तो साइनो लगाउन मन छ लगाउ तिम्रो खुशी’ गजल सुनाउदै कार्यक्रमको बिट मारेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button