अमेरिकामा ज्यान गुमाएका म्याग्दीका खिमबहादुरको परिवारलाई २१ लाख सहयोग

पोखरा न्यूज – २८ , माघ । अमेरिकामा कारको ठक्करबाट ज्यान गुमाएका खिमबहादुर महरको परिवारलाई २१ लाख बढी सहयोग गरिएको छ ।

अमेरिकाको न्यूअर्कमा कारको ठक्करबाट ज्यान गुमाएका म्याग्दीको मालिका गाउँपालिका-१ निस्कोटका ३७ वर्षीय खिमबहादुर महरको धर्मपत्नी धनकुमारी महरलाई एक कार्यक्रम बिच २१ लाख ५७ हजार ६० रुपैयाँ हस्तान्तरण  गरिएको छ ।  सहयोग  रकम  म्याग्दी समाज न्यूअर्कका सचिव याम पुनले हस्तान्तरण गरेका छन । ।

वैदेशिक रोजगारीका लागि दुई वर्ष अघि अमेरिका गएका महरको गत महिना पुषमा कारको ठक्करबाट मृत्यु भएको थियो ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button