दिल्ली चुनावमा आम आदमी पार्टी प्रभावशाली जीततर्फ उन्मुख, काँग्रेसको पत्तासाफ

पोखरा न्यूज – २८ , माघ ।  दिल्ली चुनावमा सत्तारुढ आम आदमी पार्टी प्रभावशाली जीततर्फ अघि बढेको भएको छ ।

विधानसभाको ७० सिटका लागि भएको चुनावमा आम आदमी पार्टीले २८ सिटमा जीत हासिल गरेको छ भने अन्य ३५ सिटमा अग्रता हासिल गरेको छ । यससँगै पार्टी दिल्लीको कुल ६३ सिट जित्ने दाउमा रहेको छ । यता आम आदमीको प्रमुख प्रतिद्वन्द्वी मानिएको भारतीय जनता पार्टी भने बाकिँ ७ सिटमा सीमित भएको छ जसमध्ये हालसम्म प्राप्त नतिजा अनुसार २ मा जीत र ५ मा अग्रता हासिल गरेको छ । भारतको अर्को प्रमुख पार्टी काङ्ग्रेसको भने चुनावमा पत्तासाफ भएको छ ।

अहिलेसम्म भएको मतगणना अनुसार आम आदमी पार्टीले खसेको कुल मतमध्ये ५३.६ प्रतिशत मत हासिल गरेको छ भने भाजपाले ३८.६ प्रतिशत मत हासिल गरेको छ । बहुजन समाज पार्टीले तेस्रो स्थान हासिल गर्दै ०.६९ प्रतिशत मत प्राप्त गरेको छ भने काङ्ग्रेस आई ०.०२ प्रतिशत मतमा मात्रै सीमित भएको छ ।

यसैबीच भारतीय जनता पार्टीका राष्ट्रिय अध्यक्ष जगत प्रकाश नड्डाले हार स्वीकार गर्दै जनादेशको सम्मान गर्ने अभिव्यक्ति दिएका छन् । यता आम आदमी पार्टीका नेता तथा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले जीतसँगै नयाँ किसिमको राजनीतिको शुरुआत भएको बताएका छन् ।

हाल दिल्लीको २१ केन्द्रमा मतगणना जारी रहेको छ भने कुल मतको ६२.५९ प्रतिशत मत खसेको जनाइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button