मनकामना कप पोखरामा पूर्व निर्धारित समयमा नहुने

दीननाथ बराल, पोखरा न्यूज – २८ , माघ । मनकामना कप फुटबल प्रतियोगिता २०७६ पूर्व निर्धारित मिति अर्थात फागुन १ गतेदेखि नहुने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले केही समय अघि मोफसलमा हुने प्रतियोगिताको खेल तालिका प्रकाशित गर्दै मनकामना कपका लागि फागुन १ देखि १० गतेसम्मको मिति सार्वजनिक गरे पनि प्राविधिक कारणवस हाल उक्त प्रतियोगिता निर्धारित समयमा नहुने भएको एन्फा कास्कीले जनाएको  छ ।

एन्फा केन्द्रले दिएको मितिमा प्राविधिक कारणले गर्दा मनकामना कप गर्न नसक्ने र पोखरा फुटबल स्टेडियम  निर्माणकै क्रममा रहेकोले  मनकामना कप केही समयपछि गर्ने  एन्फा कास्कीले बताएको छ  ।

पोखरा फुटबल स्टेडियमको हाल पुर्व र पश्चिम सहितको उत्तर पट्टि कुर्सी जडान कार्य भइरहेको छ । १३ औं संस्करणको दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटवल प्रतियोगितामा करिब ५ हजार सिट क्षमताको प्यारापिट तयार भएको थियो ।

गत वर्षको मनकामना कप फुटबल  प्रतियोगिताको एन्फा कास्कीले हालसम्म आय- व्यय सार्बजनिक गर्न सकेको छैन ।

पोखरामा  फागुन २२ गते देखि चैत्र १ गते सम्म आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता हुदैछ । सहारा क्लबले विगत १८ बर्ष देखि निरन्तर रुपमा पोखरामा मोफसलको प्रतिष्ठित फुटवल प्रतियोगिता गर्दैै आएको छ  ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button