पोखरामा ‘चिल्ड्रेन अफ हेभन’ माथी समिक्षा हुने

राजाराम पौडेल, पोखरा न्यूज – २९ , माघ । फागुन ३ गते शनिबार पोखरामा ‘चिल्ड्रेन अफ हेभन’ फिल्म माथि समिक्षा हुने भएको छ । फिल्म प्रर्दशन गरि सो फिल्ममाथि समिक्षा गर्ने कार्यक्रम अन्तर्गतको तेस्रो संस्करणमा यो फिल्म प्रर्दशन गरी समिक्षा गर्न लागिएको हो ।

‘चिल्ड्रेन अफ हेभन’ फिल्मलाई इरानी निर्देशक माजिद माजिदीले निर्देशन गरेका हुन् । जुत्ता हराएपछि दाजु–बहिनीले भोग्नुपरेको समस्या फिल्मको मुख्य कथावस्तु हो । विदेशी भाषातर्फ इरानबाट पहिलोपटक ओस्कार नोमिनेसनमा पर्न सफल ‘चिल्ड्रेन अफ हेवन’मा माजिदीले साना, सुन्दर अनि मायालु दाइ–बहिनीबीचको अलौकिक सम्बन्धलाई निकै हृदयस्पर्शी ढंगबाट प्रस्तुत गरेका छन् । मीठो कथा, आकर्षक शैली र जीवन्त अभिनयले फिल्म झनै गजबको देखिएको छ । यो फिल्म हेरेर गरिने समिक्षाले उपस्थित दर्शकलाई नयाँ ज्ञान प्रदान गर्नेछ ।

फिल्म प्रर्दशन र समिक्षा कार्यक्रम शनिबार विहान ८ बजे पोखरा थिएटरको गन्धर्व  नाटकघरमा हुनेछ । पोखरा थिएटर, चलचित्र पत्रकार संघ नेपाल कास्की, पोखरा फिल्म सोसाइटि र गुरुङ फिल्म एशोशिएसन नेपाल चारवटा संस्थाको संयुक्त आयोजनामा कार्यक्रम हुनेछ । शनिबारको कार्यक्रममा सहजिकरण पोखरा फिल्म सोसाइटीका अध्यक्ष जितेश प्रधानले गर्नेछन् ।

फिल्म तथा कलाकारिता क्षेत्रमा लागिरहेका, कलम चलाइरहेका व्यक्तिलाई एकैठाउँमा जमघट गराउन यो कार्यक्रमले सबैमा उर्जा थप्नेछ । निर्माण भएका र हुने क्रममा फिल्ममा समावेश गर्नुपर्ने विषयवस्तु, ध्यानदिनुपर्ने कुरा मात्र नभएर एक अर्काको ज्ञानआदानप्रदान हुने आयोजकको विश्वास छ । यस अगाडि दूई श्रृखला सम्पन्न भइसको छ ।  पौषमा भएको पहिलो श्रृखलामा चाइनिज फिल्म ‘द रोड होम’ र माघमा भएको द्रोस्रो श्रृखलामा हलिउड फिल्म ‘क्रेजि रिच एशियन्स’ प्रर्दशन गरेर समिक्षा गरिएको थियो ।

पोखरामा चलचित्र हेर्ने, बुझ्ने र त्यसमाथी समिक्षा गर्ने संस्कार विकास गर्न यो कार्यक्रम गरिएको हो । यो कार्यक्रम मार्फत स्थानिय, राष्ट्रिय, अन्तराष्ट्रिय मात्र नभएर विभिन्न जातजाती भाषाभाषीमा निर्माण गरिएका फिल्म प्रर्दशन गरी समिक्षा गर्ने आयोजकको उद्धेश्य हो । सम्भव भएसम्म सम्बन्धित फिल्ममा आवद्ध व्यक्तिलाई बोलाएर अन्र्तक्रिया गरिनेछ । प्रवेश निःशुल्क हुने यो कार्यक्रममा पुगेर फिल्म हेर्न र समिक्षा भाग लिन सबैमा आयोजकको आग्रह छ  ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button