हार नै जीतको पहिलो स्टेप हो : नायक श्रेष्ठ

राजाराम पौडेल, पोखरा न्यूज – २९ , माघ । नेपाली चलचित्रका नायक सुशिल श्रेष्ठले हार नै जीतको पहिलो स्टेप भएको बताएका छन् । प्रणय दिवसको अवसरमा रिलिज हुन लागेको चलचित्र ‘लव डायरीज’को प्रमोसनको लागि पोखरा आइपुगेका उनले पोखरामा पत्रकारमाझ यस्तो बताएका हुन् ।

आफ्नो अघिल्ला चलचित्रले आशातित व्यवसायिक सफलता नपाएपनि आफुले यो क्षेत्रमा अगाडि बढ्न मेहनत गरिरहेको उनको भनाई थियो । ‘अघिल्ला चलचित्रबाट मैले धेरै कुरा सिके, हार नै जीतको पहिलो स्टेप हो’ श्रेष्ठले भने । यतिबेला राम्रा भनिएका चलचित्रले समेत व्यवसायिक सफलता नपाइरहेको भएपनि आफ्नो ‘इनपुट’ दिन निकै मेहनत गरेको उनले सुनाए । यो चलचित्र त्रिकोणात्मक प्रेम कथामा बनेको चलचित्र हो ।

हुनत नायक श्रेष्ठ नेपाली चलचित्रको हिरो बनेपछि बल्ल अभिनय सिकेका व्यक्ति हुन् । किनकी उनलाई एकैचोटी चलचित्रको लागि अफर आएको थियो । त्यतिबेला उनी म्यान हर्टमा थिए । मोडलिङ लाइनमा । अनि लव नम्बरको लागि अफर आयो । डेनमार्कमा सुटिङ थियो । मौसमले गर्दा सुटिङ भएन । त्यसपछाडि होस्टेल रिर्टन्समा एकैचोटी अफर आयो । उनी सप्राइज भए । काम गरे । चलचित्र राम्रै बन्यो । तर उनी आफु भने खुशी थिएनन् । किनभने उनले चलचित्रमा आफ्ना कमजोरीहरु फेला पार्थे ।

अब अभिनय सिक्ने निचोडमा उनी पुगे । अनुप बरालसँग एक्र्टस स्टुडियोमा अभिनयको थेउरीटीकली ज्ञान हासिल गरे । त्यहिबेला सायद–२ को लागि अफर आयो । सायद–२ को सुटिङ सकिएपछि त्यसको लगत्तै कारखाना गरे । बादशाह जुट पनि उनले अपेक्षा गरेको चलचित्र थियो । तर यसले पनि आशातित रुपपा उनलाई सन्तुष्ट बनाउन सकेन । काठमाण्डौ स्थायि वासिन्दा उनको मोडलिङ तर्फ रुचि थियोे । चलचित्रमा हिरो बन्ने सपना समेत नभएको भने होइन ।

बादशाह जुटको लागि १२ केजी तौल घटाएको उनले लव डायरीजको लागि तौल बढाएका थिए । बादशाह जुटमा बडी ल्याङ्वयज मिलाउन तौल घटाउनु परेको उनले बताए । कप्फरटेवल र सुहाउने खालको फेसन गर्न मनपराउने एक्सन चलचित्रमा काम गर्न मन छ । ‘दर्शकले एक्सन सुहाउछ भन्नुहुन्छ । सायद दाह्री, बडीको कारण होला । मलाई पनि एक्सन फिल्म गर्न मन छ’ उनी भन्छन् ।

प्रर्दशन हुन लागेको लव डायरिजबाट उनले ठुलो अपेक्षा गरेका छन् । आफ्नो सिक्ने क्रम जारी रहेको नायक श्रेष्ठले खुलाए ।
लवडायरीजमा उनलाई रुबिना थापाले साथ दिएकी छन् । थापाको यो डेब्यु चलचित्र हो । तीन वर्षको मेहनत यो चलचित्रमा परेका कारण दर्शकको माया पाउने उनको विश्वास छ ।

चलचित्रलाई सौरभ चौधरीले निर्देशन गरेका छन् । चलचित्रमा अभिनेता सुशील श्रेष्ठ ,रुबिना थापा विश्व जीत मल्ल, आरती आचार्य आदी कलाकारहरूको अभिनय हेर्न पाइन्छ । मधु बास्तोलाको कथा रहेको चलचित्रमा सञ्जय लामाको छायाकंन रहेको छ । विनोद सापकोटाको लगानी रहेको लव डायरीजमा सह निर्माताको रूपमा सरोज तुलाधर रहेका छन् ।

चलचित्र पत्रकार संघ नेपाल कास्की शाखाको आयोजनामा पोखराको मिडटाउन ग्यालेरियामा भएको पत्रकार भेटघाट कार्यक्रम चलचित्र पत्रकार संघ नेपाल कास्की शाखाका अध्यक्ष अरुण गिरीको अध्यक्षतामा भएको थियो भने सञ्चालन सचिव प्रभु अधिकारीले गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button