माल्टामा भ्रष्टाचारको अभियोगमा कुल ट्राफिक सङ्ख्याको आधा पक्राउ

पोखरा न्यूज – २९ , माघ । माल्टामा भ्रष्टाचारको अभियोगमा त्यहाँ भएका कुल ट्राफिक सङ्ख्याको आधा भन्दा बढी ट्राफिक पक्राउ परेका छन् ।

युरोपको सानो टापु मुलुक माल्टामा कुल ५० ट्राफिक रहेकोमा ३० जनालाई भ्रष्टाचार गरेको अभियोगमा त्यहाँको इकोनोमिक क्राइम युनिटले पक्राउ गरेको हो ।

उनीहरुमाथि पछिल्लो तीन वर्षमा गर्दै नगरेको ओभरटाइम कामको विवरण पेश गरेको आरोप लागेको छ । कतिलाई इन्धनको दुरुपयोग तथा आफ्नो निजी सवारीसाधनमा सरकारी इन्धन प्रयोग गरेको आरोप पनि लागेको छ ।

धेरैजसो ट्राफिक कारवाहीमा तानिएपछि त्यहाँ पुर्व ट्राफिकहरुलाई फिर्ता बोलाइएको छ । ३ सय १२ वर्ग किलोमिटर क्षेत्रफलमा मात्रै फैलिएको युरोपियनको सदस्य मुलुक माल्टामा पछिल्लो समय राजनीतिक तथा व्यापारिक क्षेत्रमा चरम भ्रष्टाचार भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button