कुवेतको ढुंगाखानीमा विस्फोट : कम्तिमा ४ नेपालीको मृत्यु

काठमाडौं । कुवेतको एक ढुंगाखानीमा पुरिँदा धेरै नेपाली श्रमिक हताहत भएको आशंका गरिएको छ।

कुवेतस्थित अलमुतलायामा रहेको ढुंगा(बालुवा खानीमा बम पड्काएर ढुंगा फुटाउने क्रममा धेरै श्रमिक पुरिएका अरब टाइम्सले जनाएको छ।

घटनास्थलबाट ६ जनाको शव निकालिएको छ। उनीहरुको नाम सार्वजनिक भएको छैन। समाचारमा जनाइए अनुसार शव प्राप्त भएकामध्ये चार जना नेपाली श्रमिक छन्। १३ नेपाली र एक भारतीय नागरिक दुर्घटनामा परेको आशंका छ। घटनाबारे विस्तृत विवरण आइसकेको छैन।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button