पोखरामा ट्याक्सिको ठक्करबाट मोटरसाइकलमा सवार युवकको मृत्यु

दीननाथ बराल, पोखरा न्यूज – ०१ ,फागुन । पोखरामा ट्याक्सिको ठक्करबाट मोटरसाइकलमा सवार एक युवाको ज्यान गएको छ ।

पोखरा-५ जिरोकिलोमिटरमा आज  बिहान करिब ४ः३० बजे ग १ ज ४०९७ नं.को ट्याक्सीले ग १० प २५५५ नं. को मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार ३५ बर्षीय पदमसिंह दडालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ । दार्चुला घर भई हाल पोखरा बस्दै आएका दडालको शव पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा राखिएको छ । मोटरसाइकल हल्लनचोकदेखि सृजनाचोक तर्फ आउदै थियो भने ट्याक्सि विपरित दिशाबाट जार्दै गरेको स्थानियले बताए ।

मोटरसाइकल चालक काभ्रे घर भई हाल पोखराको न्यूरोड बस्ने २४ बर्षीय आशिष भुजेल घाइते भएका छन्। उनी खतरा मुक्त भएको अस्पताल स्रोतले जनाएको छ ।

ट्याक्सि चालक बागलुङ घर भएका २६ बर्षीय गौवान सिंह बुढामगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button