उद्याेग वाणिज्य महासंघकाे वरिष्ठ उपाध्यक्षमा किशाेर प्रधानकाे उम्मेद्वारी

काठमाडाैं : आगामी चैतमा हुने नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा किशोरकुमार प्रधानले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्।

महासंघका भावी अध्यक्ष एवं वरिष्ठ उपाध्यक्ष शेखर गोल्छालाई साथमा राखेर प्रधानले उम्मेदवारीको घोषणा गरेका हुन्।

प्रधानले वरिष्ठ उपाध्यक्षमा उम्मेद्वारीको घोषणा गरेसँगै अर्का उम्मेद्वार चन्द्र ढकालको सर्वसम्मत हुने बाटोमा धक्का लागेको छ।

बम
ढकालले बाग्लुङ लगानी सम्मेलनमा वरिष्ठ उपाध्यक्षको उम्मेदवारी घोषणा गरेका थिए।

प्रधानको उम्मेदवारीसँगै महासंघको चुनावी सरगर्मी बढेको छ।

प्रधानको उम्मेदवारी घोषणासभामा गोल्छासहित निर्वतमान अध्यक्ष पशुपति मरारका, पूर्वअध्यक्ष कुशकुमार जोशी, विनोदबहादुर श्रेष्ठसमेत सहभागी भएका छन्।

उनीहरु प्रधानको समर्थनमा खुलेर लाग्ने दृष्य विराटनगरमा देखिएको छ।

अघिल्लो पटक प्रधानलाई वरिष्ठ उपाध्यक्षमा गोल्छाले हराएका थिए।

महासंघको विधानअनुसार आगामी चैतमा हुने साधारणसभापछि गोल्छा अध्यक्ष बन्ने छन्।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button