कुवेतमा ढिस्कोमा पुरिएर ६ नेपालीको मृत्यु

काठमाडाैं : कुबेतमा बालुवाको ढिस्कोले पुरिएर ६ जना नेपालीको मृत्यु भएको छ । अरु दुई जना नेपाली घाइते भएका छन् ।

मृत्यु हुनेमा पाल्पाका एकबहादुर गाहा, सिराहाका गंगाराम चौधरी, ताप्लेजुङका बसन्त गुरुङ र दाङका श्याम नारायण चौधरी रहेको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार मृतक अन्य दुई जनाको भने विवरण स्पष्ट भएको छैन ।

यसैगरी धर्मेन्द्र कुमार शाह र मनोरथ मण्डल घाइते भएका छन् । शाहको कुवेतस्थित जाहारा अस्पतालमा उपचार भइरहेको र मण्डल उपचारपछि कम्पनीमा फर्किइसकेको कुवेतस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button