कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या करिब १४ सय पुग्यो

पोखरा न्यूज – ०२ ,फागुन । चीनको हुबेइ प्रान्तको उहानबाट शुरु भएको कोरोनाभाइरसबाट सङ्क्रमित भई ज्यान गुमाउनेको संङ्ख्या करिब १ हजार ४ सय पुगेको शुक्रबार प्राप्त एक समाचारमा जनाइएको छ ।

शुक्रबार चीनको भाइरस महामारीको कारण मर्नेको संख्या १ हजार ३ सय ८० पुगेपछि अमेरिकाले बेइजिङबाट पारदर्शिताको अभाव भएको गुनासो गरेको छ । हुबेइ प्रान्तको उहानबाट गत वर्षको अन्त्यतिरबाट यसको सङ्क्रमण शुरु भएको यो भाइरसबाट हुने सङ्क्रमणलाई हालैमात्र वैज्ञानिकले ‘कोभिड–१९’ नाम दिएका छन् ।

प्रतिदिन यस रोगको प्रकोप फैलिएसँगै एकै दिनमा मृत्यु हुनेको सङ्ख्यामा पनि वृद्धि भइरहेको छ । पछिल्ला केही दिनमा नयाँ सङ्क्रमण भएका मानिसको सङ्ख्यामा ठूलो मात्रामा वृद्धि भएको बताइएको छ । पछिल्लो समयमा निको भएर घर फर्र्किएका बाहेक हाल सङ्क्रण भइ उपचार गराइरहेका बिरामीको सङ्ख्या झन्डै ६५ हजार पुगेको छ ।

यस सङ्क्रमणको उपचारका क्रममा कुनै कमी हुन नदिने चिनियाँ कम्युनिस्ट पार्टीले जनाएको छ । उक्त पार्टीले हुबेइ प्रान्तका सचिवलाई हटाएको बताएको छ । स्वास्थ्य अधिकारीले दिएको जानकारीअनुसार हाल चीनमा सङ्क्रमित भएका बिरामीमध्ये करिब ८० प्रतिशत हुबेइ प्रान्तका मात्र रहेको नयाँ तथ्य पनि पत्ता लागेको बताइएको छ ।

उता विश्व स्वास्थ्य सङ्गठनले भने चीनमा देखापरेको उक्त प्रकोपलाई अति सावधानीपूर्वक लिनुपर्ने धारणा राखेको छ । जेनेभामा आयोजित एक कार्यक्रममा उक्त सङ्गठनका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससले यसबारे भ्रम फैलाउँदा त्यसले प्रकोप न्यूनीकरणमा असर पर्ने भन्दै यस प्रकोपलाई अति सावधानीपूर्वक लिनुपर्ने बताएका थिए  । -रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button