सागका स्वर्णधारी बोगटी पोखरा म्याराथनमा सहभागी हुँदै

केशब पाठक, पोखरा न्यूज – ०२ ,फागुन । भुतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा भोली शनिबार हुने १४ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता किरण सिंह बोगटीले सहभागीता जनाउने भएका छन ।

पोखरा म्याराथनमा सहभागि जनाउन पोखरा आइपुगेका धावक बोगटीले सागमा २ घन्टा २१ मिनेट १६ सेकेण्डमा दुरी पार गर्दै स्वर्ण जितेका थिए । पोखरा म्याराथनले आफूलाई म्याराथन धावकको रुपमा जन्म दिएकाले कहिल्यै बिर्सन नसक्ने उनले बताए । उनले भने–“मलाई धावकको रुपमा पोखराले नै जन्म दिएको हो । म पोखरा म्याराथनको उत्पादन भएकोले पुरस्कार जित्न भन्दा पनि सहभागिता हुनैका लागि काठमाडौबाट आँए ।”

११ औं पोखरा म्याराथन मार्फत पहिलो पटक पोखरा म्याराथन दौडिएका बोगटीले छैटौं स्थानमा आएका थिए । शसस्त्र प्रहरी बल काठमाडौमा कार्यरत उनी ८ औं राष्ट्रिय खेलकुदमा तेस्रो स्थानमा रहेका थिए । आफू अझै निखारिएकोले टाइमिङमा सुधार गर्ने लक्ष्यका साथ दौडने उनले बताए ।

यसै बिच पोखरा शहरको भगिनी सम्वन्ध रहेको जापानको कोमागानेका धावक पनि पोखरा आइपुगेका छन । धावक युशुकी नाकाशाकी जापानको कोमागाने शहरमा हालै सम्पन्न हाफ म्याराथनका विजेता समेत हुन । उनी पोखरामा म्याराथनमा सहभागिता जनाउने छन । यसका लागि आफू पुरै तयारीका साथ पोखरा आएको उनले बताए । पोखरा म्याराथनमा सहभागी हुन पाउनु आफ्नो लागि गौरवको विषय भएको जनाउँदै यो सहभागिताले दुवै शहरको सम्वन्ध थप वलियो हुने बताए ।

पोखरा म्याराथनमा डेनमार्ककी २४ वर्षिय धावक शिसिली पनि दौडने भएकी छन । आफ्नो लागि दौड शौखको विषय रहेको जनाउँदै महिलाका लागि कुनै पुरस्कार नभएपनि महिलाहरुलाई म्याराथन मार्फत खेलतर्फ आर्कषित गर्न आफू दौडन लागेको उनले बताइन ।
पोखरा म्याराथनमा सहभागीको संख्या २ हजार नाध्यो

पोखरा म्याराथन अन्तरगत हुने विभिन्न इभेन्टमा सहभागिता जनाउनेको संख्या २ हजार नाघेको छ । फुल म्याराथन ४२.१९५ किलोमिटरमा १ सय २५ जना, १० किलोमिटर महिला पुरुष तर्फ ३ सय ५० जना, ५ किलोमिटर छात्र–छात्रा तर्फ १ हजार ६ सय ५० जना, ह्विल चियर, दृष्टीविहिन महिला पुरुष तर्फ करिब १ सय  जनाको सहभागिता रहेको छ ।

सात हजार दौडने यातयात ठप्प हुने

१४ औं संस्करणको पोखरा म्याराथनमा दर्ता भएका धावक सहित रन फर फनका लागि ७ हजार भन्दा बढी जनामानस पोखरा रंगशाला बाट एकैपटक दौडने भएको छ ।

पोखरा म्याराथनलाई भव्य रुपमा सफल बनाउन यातयात व्यवसायीहरुले प्रतिवद्धता जनाए पछि करिव ४ घन्टा अत्यावश्यक बाहेक अन्य यातयातका सवारी साधनहरु ठप्प हुने भएका छन । यसका लागि कास्की जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालयले यातयात व्यवसायी संग मिलेर व्यवस्था गरेको छ ।

टोल टोल र चोकहरुमा विभिन्न संघ संस्थाहरु, आमा समुहरुले धावकहरुको स्वगतार्थ वाजा गाजा, भजन किर्तन तथा विभिन्न सांस्कृतिक झाकी र भेष भुषामा वस्ने कार्यक्रम तय भइसकेको मञ्चले जनाएको छ ।

पोखरा म्याराथनलाई संघ संस्थाको सहयोग

पोखरा म्याराथनलाई संघ संस्थाको सहयोग १४ औं संस्करणको पोखरा म्याराथनलाई सहयोग आउने क्रम जारी रहेको छ । यसै क्रममा लक्ष्मी बैंकले ४० हजार, कृषी विकास बैंकले २ लाख, गण्डकी विकास बैकले १ लाख ११ हजार १ सय ११, नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजले २१ हजार, कौशिल्या थापा गुरुबले १० हजार, मेजर लक्ष्मी प्रसाद गुरुब एमभिओले २० हजार, क्या. दुतमान गुरुबले १० हजार, एन.आर.एन ए.हबकबकी अध्यक्ष टिका गुरुबले २५ हजार, दुर्गा गुरुब अर्मला हाल युके २० हजार र डा विरेन्द्र सिंह गुरुबले २० हजार सहयोग प्रदान गरेका छन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button