रोनाल्डो हात्तीको आक्रमणबाट एकको मृत्यु

पोखरा न्यूज – ०२ ,फागुन ।  चितवन राष्ट्रिय निकुञ्जको खोरसोरमा जङ्गली हात्ती रोनाल्डोको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्युहुनेमा रत्ननगर–७ बद्रेनीका ९३ वर्षीय मनबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

रत्ननगर नगरपालिका–७ सौराहास्थित हात्ती प्रजनन केन्द्र नजीक खोरसोर संरक्षित जङ्गलमा भैँसी चराउन जाने क्रममा तामाङलाई हात्तीले आक्रमण गर्दा उनको आज घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार निकुञ्जसँगैको संरक्षित जङ्गलमा जान सुरक्षाकर्मीले रोक्ने प्रयास गर्दागर्दै ती वृद्ध उक्त ठाउँमा गएका थिए ।

रोनाल्डो नामको जङ्गली हात्तीले उनलाई आक्रमण गरेको घिमिरेले जानकारी दिए । रोनाल्डो, धु्रवेलगायत जङ्गली हात्ती निकुञ्जमा आक्रामक मानिन्छन् । -रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button