पोखरामा छात्रा माथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ

पोखरा न्यूज । पोखरामा  यौन दुर्व्यवहार गरेको अभियोगमा विद्यालयका  प्रधानाध्यापक नै  पक्राउ परेका छन् ।

पोखरा ११ फूलबारीस्थित भास्कर मेमोरियल स्कुलका प्रधानाध्यापक विश्व बास्तोला आफ्नै विद्यालयकी एक छात्रालाई यौन हिंसा गरेको अभियोगमा पक्राउ परेका हुन् ।

बास्तोला शुक्रवार दिउँसो पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी राजकुमार केसीले जानकारी दिए ।  छात्राकी अभिभावकको जाहेरीको आधारमा बास्तोलालाई  पक्राउ गरि कारवाही प्रक्रिया अघि बढाइएको प्रवक्ता केसीले पोखरा न्यूजलाई बताए । बास्तोलालाई यौन दुराचार अभियोगमा मुद्दा चलान गरिएको प्रहरीले जनाएको छ ।   जाहेरी दिने अभिभावक र छात्राको परिचय गोप्य राखिएको छ  ।

यसअघि , अमरसिंह माविका एक शिक्षकलाई समेत  विद्यालयकी छात्रालाई यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो  ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button