पोखरा न्यूज – ०३ ,फागुन । पोखरा महानगरपालिका ९ नयाँबजारमा यात्रुवाहक बस बिजुलिको पोलमा ठोक्किएर बिजुलिको पोल ढल्दा एक जना गम्भिर घाइते भएका छन् । पोखरा ९ नयाँबजार प्रदर्शनी केन्द्र अगाडि बस बिजुलिको पोलमा ठोक्किदा एक पैदलयात्री गम्भिर घाइते भएका हुन् ।
बिजुलिको पोल ढल्दा पैदल यात्री माछापुछ्रे गाउँपालिका २ भुजुङ खोला निवासी ४६ वर्षिया कृष्णकुमारी विश्वकर्मा गम्भिर घाइते भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । शनिबार बिहान ना ४ ख ९३६६ नम्बरको बस बिजुलिको पोलमा ठोक्किएर पोल ढल्दा उनी घाइते भएकी हुन् ।
प्रहरीका अनुसार घाइते विकको अवस्था गम्भिर छ । उनको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भैरहेको छ ।