यू-१८ टेनिस प्रतियोगितामा महिलातर्फको उपाधि नेपाली खेलाडी कोइरालालाई

दीननाथ बराल, पोखरा न्यूज – ०३ ,फागुन । आइटिएफ जुनियर (यू-१८) वर्ल्ड र्याङकिङ टेनिस प्रतियोगितामा महिलातर्फ नेपाली खेलाडी प्रेरणा कोइरालाले उपाधि जित्न सफल भएकी छिन् ।

नेपालकै इतिहासमा पहिलो पटक फाइनलमा प्रवेश गरेका दुई नेपाली खेलाडीमध्ये कोइरालाले शनिबार पोखरामा भएको फाइनल खेलमा नेपालकै नम्बर वान खेलाडी अभिलासा विष्टलाई ६-२, ६-७ (४) र ६-१ को सेटमा पराजित गर्दै उपाधि हात पार्न सफल भएकी हुन् ।

उक्त इभेण्टको पुरुष तर्फको उपाधि भने भारतका अमन धैयाले हात पार्न सफल भए । पोखरा रंगशालाको टेनिस कोर्टमा शनिबार सम्पन्न भएको पुरुष यू-१८ को फाइनल खेलमा भारतका धैयाले सिद्धार्थ जैसिविनलाई ६-४, ६-१ को अंकमा पराजित गर्दै उपाधि जितेका हुन् ।

महिला तथा पुरुष तर्फको डवल तर्फ पनि भारतले जित हार परेको थियो । शुक्रबारको खेलमा भारतले दुबै तर्फको उपाधि आफ्नो पोल्टामा पार्न सफल भएकोे थियो ।

पोखरा रंगशालाको ४ वटा टेनिस कोर्टमा गत सोमबार देखि सुरु भएको प्रतियोगिताका निर्देशक अजय विष्टले बताए । कोरोना भाइरसका कारण उक्त प्रतियोगितामा १७ देशका खेलाडीहरुले सहभागी हुने जनाए पनि अन्तिम समयमा आएर ११ देशका खेलाडीहरु मात्र सहभागी भएका थिए ।

कास्की जिल्ला टेनिस संघको आयोजनामा संचालन भएको प्रतियोगितामा नेपाल सहित ११ देशका ८४ जना खेलाडीहरु सहभागी भएको संघ कास्कीका अध्यक्ष दोर्जे लामाले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button