पोखराका ३ जना नेपाल आइडलको उत्कृष्ट ९ मा

राजाराम पौडेल, पोखरा न्यूज – ०६ ,फागुन । पोखराका तीन जना नेपाल आइडल सिजन ३ को उत्कृष्ट ९ मा पर्न सफल भएका छन् । नेशन पुन, ममता गुरुङ र मुस्कान रानाभाट उत्कृष्ट ९ मा परेका प्रतिभा हुन् । उनीहरु नेपाल आइडल बन्ने सपना बुन्दै प्रतिष्पर्धामा जुटिरहेका छन् ।

यसैक्रममा उत्कृष्ट ९ मा पर्न सफल नेशन पुनलाई नेपाल आइडल बनाउन भोटिङको लागि सहयोग गर्नसमिति गठन गरिएको छ । नारायण पुनको संयोजकत्वमा समिति गठन गरिएको हो । २७ सदस्य समितिको सह-संयोजकमा विनित जोजिजू,महासचिवमा मनकुमार श्रेष्ठ, सचिवमा सुरज थापा मगर, आर्थिक संयोजकमा लक्ष्मी बुदुजा रहेका छन् । आर्थिक समितिको सदस्यमा इन्द्र गर्बुजा, तारा गर्बुजा र उदेश पुन रहेका छन् ।

यस्तै प्रचारप्रसार विभागमा सन्तोष बस्याल र उमेश पुन, संघसंस्था समन्वयमा मेजन पुन, वैदेशिक समन्वयमा जंग वुदुजा सहित सदस्यहरुमा कृष्ण भण्डारी, जीवन गुरुङ,राहुल थापा, विष्णु पोखरेल, प्रकाश पौडेल, भक्त बहादुर पुन, शिव गर्बुजा, प्रेम पुन, नर बहादुर पुन, दुध बहादुर राम्जाली, टेक बहादुर पाइजा, प्रेम थापा मगर, माया पुन, शिव पाइजा र खिमन शेरपूर्जा रहेका छन् ।

समितिको सल्लाहकारमा राज पौडेल, राज कुमारी पुन, हर्क बहादुर पुन, पदमराज ढकाल, नवराज बराल, क्या. बल बहादुर पाइजा, सुनिल थापा,प्राज्ञ रमेश श्रेष्ठ, रामचन्द्र पौडेल, रामभक्त जोजिजू, रुद्र श्रीष, दिपेन्द्र श्रेष्ठ, क्या. रवीन्द्र गर्बुजा, खेम गर्बुजा, संगीता पुन मगर, प्रमे शंकर बरुवाल रहेका छन् । समितिले पोखरामा पत्रकार सम्मलेन गर्दै नेशनलाई अत्याधिक भोट गर्न अपिल गरेको छ । नेशनको साँगीतिक यात्रा पोखराबाट सुरु भएको भएपनि उनको स्थायि ठेगाना भने म्याग्दी हो ।

एपीवान टेलिभिजनबाट प्रसारित रियालिटी सो नेपाल आइडलको तेस्रो संस्करणमा पोखराका तीन प्रतिस्पर्धी मध्ये नेशन पुनको सहयोग समिति गठन गरिएको हो भने ममता गुरुङ र मुस्कान रानाभाटको समिति गठन भएको छैन । रानाभाट चौथो विग आइकन समेत हुन् । गुरुङ सञ्चारकर्मी हुन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button