विषाक्त ग्याँसका कारण ९ को मृत्यु

पोखरा न्यूज – ०६ ,फागुन । पाकिस्तानको कराँची शहरमा विषाक्त ग्याँस लिक हुँदा ९ जनाको मृत्यु भएको छ भने सयौं जना बिरामी परेका छन् ।

ग्याँस लिक कताबाट भयो र कस्तो ग्याँस लिक भयो भन्ने कुरा पत्ता नलाग्दा शहरमा आतंक फैलिएको जनाइएको छ । कराँचीको छिमेकी शहरमा कमारीमा आइतबार सबैभन्दा पहिले ग्याँस लिक भएको त्यहाँका स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । विषाक्त ग्याँस फैलिएपछि कमारी शहरका मात्रै ६ सय ५० जना उपचारका लागि अस्पताल आएको पनि जनाइएको छ ।

घटना पछि त्यहाँका स्थानीयलाई अन्यत्र सार्ने तयारी थालिएको अधिकारीहरुले जनाएका छन् । गन्धरहित ग्याँसले पहिले आँखा पोल्ने अनि श्वासप्रश्वासमा अपठ्यारो पार्ने घाइतेहरुले बताएका छन् । कमारीमा पानीजहाज पोर्ट पनि रहेकाले कुनै कन्टेनरबाट ग्याँस लिक भएको हुनसक्ने आशंका पनि गरिएको छ ।

पाकिस्तानको सर्वाधिक ठूलो शहर कराँचीमा तेल प्रशोधन केन्द्रहरु पनि रहेका छन् । ग्याँस त्यहीँबाट लिक भएको हुनसक्ने पनि अनुमान गरिएको छ । सोमबारसम्म मृतकको संख्या ५ रहेकोमा आज बढेर ९ पुगेको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button