पोखराका चोक-चोकका शालिक शहिद पार्कमा (फोटोफिचर)

पोखरा न्यूज – ०६ ,फागुन । पोखरा महानगरपालिकाले वडा नम्बर १८ जामुनबोटमा राष्ट्रिय विभुती तथा शहिद पार्क बनाई रहेको छ । महानगरका मुख्य-मुख्य चोकमा रहेका शालिकलाई शहिद पार्कमा राख्ने योजनाअनुसार निर्माण भैरहेको उक्त पार्कलाई महानगरले महत्वकांक्षी योजनाको रुपमा पनि लिएको छ ।

पार्कमा शहिद संगसंगै व्यायमशाला, बाल उद्यान, सेमिनार हल लगायतका संरचना पनि बनिरहेका छन् । नेपाल एकिकरणका अभियन्ता पृथ्वीनारायण शाहसंगै २० बढी शालिक महानगरले उक्त पार्कका राख्ने योजना बनाएको छ ।

ताप्लेजुङको हेलिकप्टर दुर्घटनामा परि ज्यान गुमाएका तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टरको डमी सहित पार्कको सबैभन्दा उँचो भागमा शालिक राख्ने योजनामा महानगर लागेको छ । आउँदो फागुन १५ मा उक्त शालिकको प्रधानमन्त्री केपी शर्मा ओलीले अनावरण गर्ने कार्यक्रम तय भैसकेको छ ।

शहिद पार्क निर्माणको लागि महानगरले यस आर्थिक वर्षमा १ करोड रुपैयाँ विनियोजन गरेको छ । बहु-वर्षिय योजना भएकाले थप संरचना निर्माणका लागि बजेट थप गर्दै लैजाने योजनामा महानगर लागेको महानगरका प्रवक्ता धनबहादुर नेपालीले जानकारी दिए ।

चोक चोकमा रहेका शालिक हटाउँने महानगरको निर्णयमा विवाद पनि हुँदै आएको छ । पोखरा महानगरले रातारात डोजर चलाएर हटाएको पृथ्वीचोकको लखन थापको शालिकलाई मगर समुदायले रातारातै स्थापना गरेका थिए ।

तस्बिरमा हेर्नुहोस सहिद पार्क…

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button