पोखरा स्पोर्टस् अवार्डबाट ६ लाख बचत

दीननाथ बराल , पोखरा न्यूज – ०७ ,फागुन । चौथो टिभिएस अपाचे पोखरा स्पोर्टस अवार्डबाट ६ लाख ११ हजार ७ सय ५५ रुपैया बचत भएको छ । गत जेठ २४ गते पोखरामा सम्पन्न भएको अवार्डबाट १२ लाख ३१ हजार ७ सय ५५ रुपैया आम्दानी हुँदा उक्त रकम बचत भएको नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले जनाएको छ ।

बुधबार पोखरामा आय व्यय सार्वजनिक गर्दै मञ्चले बचत रकम खेलाडी र खेलपत्रकारको हकहितको लागि खर्च गर्ने जनाएको छ । गण्डकी प्रदेश सरकारले मञ्चलाई कार्यक्रम गर्नको लागि ५ लाख रुपैया आर्थिक सहयोग गरेको मञ्चका कोषाध्यक्ष शशीकुमार पौडेलले बताए ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

त्यसैगरी पोखरा महानगरले १ लाख ४७ हजार ७ सय ५०, राजेश गुरुङ तथा किष्ट अस्पतालबाट १ लाख ५० हजार, राखेपबाट एक लाख, गण्डकी प्रदेश सांसद मीना गुरुङले २५ हजार, प्रदेश सांसद राजिव पहारीले २० हजार, पत्रकार उमेश पुनबाट २५ हजारसहित विभिन्नि संघ संस्थाले सहयोग गरेको कोषाध्यक्ष अधिकारीले बताए ।

कार्यक्रम सम्पन्न गर्न स्टेज तथा फ्लेक्समा एक लाख ३५ हजार, अवार्ड तथा मेडल तर्फ ५२ हजार, प्रचार प्रसार तर्फ ४८ हजार, साउण्ड सिस्टम तर्फ ८५ हजार, टिसर्ट खखर्च ३० हजार, खाजा खाना खर्च १९ हजार लगायतका शिर्शकमा ६ लाख २० हजार रुपैया खर्च भएको कोषाध्यक्ष अधिकारीले बताए । मञ्चले पाचौं संस्करणको पोखरा स्पोटर्स अवार्ड भने वैशाख २१ गते विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा गर्ने भएको छ ।

बक्सिङका अन्तराष्ट्रिय पदकधारी खेलाडी चित्रबहादुर गुरुङ लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित भएका थिए भने प्याराग्लाइडिङका युकेश गुरुङ र फुल कन्याक्ट कराँतेकी सुष्मी श्रेष्ठ वर्ष खेलाडी घोषित भएका थिए । अन्य विधामा मञ्चले खेल संघ, एक पत्रकार सहित केहीलाई सम्मान गरेको थियो । बतास ब्रर्दश प्रालिको मुख्य प्रायोजनामा कार्यक्रम भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button