कोरोना प्रकोप बाबजुद ४ करोड पर्यटक भित्र्याउने जापानको लक्ष्य

पोखरा न्यूज – ०७ ,फागुन । छिमेकी मुलुक चीनमा कोरोना भाइरसको प्रकोपले निम्ताउँदा पनि जापानले सन् २०२० मा ४ करोड पर्यटक भित्र्याउने लक्ष्य राखेको छ ।

पछिल्लो ४ महिना लगातार पर्यटकको आगमन दरमा कमी आए पनि यसै वर्षको जुलाई र अगस्टमा हुने ओलम्पिकसँगै चार करोडको लक्ष्य पूरा हुने जापानले दाबी गरेको छ । जापान पर्यटन एजेन्सीका प्रमुख हिरोसी ताबाटाले कोरोना भाइरसले पर्यटकीय वातावरणमा प्रत्यक्ष प्रभाव पारे पनि उक्त प्रभाव विश्वव्यापी भएकाले आफ्नो नियन्त्रणमा नभएको बताए ।

जनवरी महिनामा मात्रै व्यापार र भ्रमणका लागि जापान आउने पर्यटकको संख्या १.१ प्रतिशतले घटेको त्यहाँको राष्ट्रिय पर्यटन संस्थाको तथ्यांकले देखाएको छ । फेब्रुअरीमा कोरोना भाइरसको संक्रमण व्यापक हुँदा सो संख्यामा अझ तीव्र गिरावट आउने संस्थाले अनुमान गरेको छ । त्यस्तै जापान र कोरियाबीच आएको तिक्तताले पनि पर्यटन संख्या घटेको बताइएको छ । व्यापार द्वन्दका बीच कोरियाले जापानी सामान तथा सेवामा प्रतिबन्ध लगाएको छ ।

प्रतिबन्ध सँगै दुई देशबीचको पर्यटन आगमनमा ५९ प्रतिशतले कमी आएको जनाइएको छ । यता जापान आउने कुल पर्यटकको लगभग ३० प्रतिशत चिनियाँ पर्यटक हुने हुँदा यसले पनि पर्यटन आगमनमा उल्लेख्य कमी आउने अनुमान गरिएको छ । अघिल्लो वर्ष चीनबाट मात्रै ९५ लाख पर्यटकले जापान भ्रमण गरेका थिए ।

जापानमा सन् २०१६ मा २ करोड पर्यटकले भ्रमण गरेकोमा त्यहाँका प्रधानमन्त्री सिन्जो आबेले चार वर्षमा पर्यटकको संख्या दोब्बर पार्ने महत्वाकांक्षी योजना अघि सारेका थिए । यसका लागि जापानले येनको मुल्य घटाउने, भिसा नियमनमा सहजता ल्याउने जस्ता उपाय अवलम्बन गरेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button