पोखरामा यौन दुराचारको अभियोगमा पक्राउ परेका स्कुल सञ्चालक बास्तोलालाई ७ दिन म्याद थप

पोखरा न्यूज – ०८, फागुन । आफ्नै विद्यालयकी एक छात्रालाई यौन दुराचार गरेको अभियोगमा पक्राउ परेका भाष्कर मेमोरियल स्कुलका सञ्चालक विश्वराज बास्तोलालाई ७ दिन म्याद थप गरिएको  छ ।

बास्तोलालाइै यौन दुराचार मुद्दामा थप अनुसन्धानका लागि  ७ दिन म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी राजकुमार केसीले जानकारी दिए ।

यसअघि पनि जिल्ला अदालत कास्कीबाट  ५ दिन म्याद थप गरि बास्तोलालाई मंगलबारसम्म हिरासतमा राखिएको थियो । बास्तोलाले गत  २ गते बिहान घरबाट स्कुल आउने क्रममा छात्रालाई यौन दुर्व्यवहार गरेको भन्दै उनका अभिभावकले  जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएका थिए ।

यसअघि पोखरा मै  अमरसिंह माविका एक शिक्षकले  पनि आफ्ने विद्यालयकी छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button