सञ्चारमन्त्री गोकुल बाँस्कोटाले दिए राजीनामा

पोखरा न्यूज – ०८ ,फागुन । सेक्युरिटी प्रिन्टिंग प्रेस खरिद सम्बन्धमा ७० करोड रुपैयाँ कमिसन मागेको अडियो भाइरल भए पछि सञ्चारमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएका छन् ।

बिहीबार प्रतिनिधि सभामा सभामुख अग्नि सापकोटाले सञ्चारमन्त्री बाँस्कोटाले राजीनामा दिएको जानकारी गराएका हुन् । अडियो भाइरल भएसँगै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले बाँस्कोटालाई बर्खास्त गरेर अनुसन्धान अघि बढाउन सरकारसँग माग गरेको थियो भने प्रतिनिधि सभा बैठक पनि अवरुद्ध गरेको थियो ।

काँग्रेस सांसदले बैठक अवरुद्ध गरेसँगै सभामुख सापकोटाले सञ्चारमन्त्री बाँस्कोटाले राजीनामा दिइसकेको बताएका थिए । बैठकमा काँग्रेस सांसदले अवरोध जारी राखेकाले प्रतिनिधि सभा बैठक फागुन १३ गतेको १ बजे सम्मको लागि स्थगित गरिएको छ ।

यस अघि स्वीस कम्पनीका एजेन्ट भनिएका विजय प्रकाश मिश्र शर्मासँग सञ्चारमन्त्री बाँस्कोटाले गरेको कुराकानीको अडियो सार्वजनिक भएको थियो ।

 

सम्बन्धित न्यूज

Back to top button