क्यानडामा दुई सय बढी सवारीसाधन एकापसमा ठोक्किँदा दुईको मृत्यु

पोखरा न्यूज – ०८ ,फागुन । बुधबार क्यानडाको मन्ट्रियलमा दुई सयभन्दा बढी सवारीसाधन एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

घटनामा कम्तिमा ९ भन्दा बढी गम्भीर घाइते भएका छन् भने १ सय भन्दा बढी सामान्य घाइतेलाई तीन स्थानीय अस्पतालमा पुर्याइएको जनाइएको छ । त्यहाँको स्थानीय प्रहरीका अनुसार दुई जनाको कारमा च्यापिएर मृत्यु भएको हो । मृतकको पहिचान खुलाउने प्रया स भइरहेको पनि प्रहरीले बताएको छ ।

दुर्घटना सेन्ट लरेन्स नदीबाट आएको हिउँको आँधीले भिजिबिलिटी पुर्ण रुपमा अवरुद्ध बनाउँदा भएको प्रहरीले जनाएको छ । त्यहाँको राष्ट्रिय मौसम सेवाका अनुसार स्नो क्वेल भनिने यस्ता हिउँको आँधीले एक-दुई घन्टासम्म तीव्र गतिमा भारी हिमपात र आँधी ल्याउने गर्दछन् । घटना पछि दुई चरणमा हिउँ हटाउने कार्य शुरु गरिएको त्यहाँको यातायात मन्त्री फ्रान्सिस बोन्नार्डेर्लले जनाएका छन् ।

ठक्कर खाएपछि ५० भन्दा बढी गाडी पुर्णरुपमा क्षतिग्रस्त भएको जनाइएको छ । दुर्घटनाले अवरुद्घ ए१५ राजमार्ग खुलाउन कैयौं घण्टा लाग्ने पनि बोन्नार्डेर्लले बताएका छन् । राजमार्गमा डिजेल पनि पोखिएकाले राजमार्ग खुलाउन अझै समस्या भएको पनि उनले बताए ।

एजेन्सीको सहयोगमा पोखरा न्यूजद्वारा तयार

सम्बन्धित न्यूज

Back to top button