पोखरा-मुग्लिन सडक विस्तारमा चिनिया र भारतीय कम्पनीको चासो

मुग्लिन पोखरा सडक विस्तारका लागि चिनिया र भारतीय ३५ कम्पनीले चासो देखाएका छन् ।

पोखराबाट पूर्वखण्डमा १८ र आबुखैरेनीबाट पश्चिम खण्डमा १७ कम्पनीले आवेदन बुझाएका हुन् ।

२ वटा प्याकेज बनाएर ४०/४० किलोमिटरमा विस्तार गरिने ८० किलोमिटर सडकका  दुई वटै प्याकेजमा एउटा भारतीय र बाँकी चिनिया कम्पनीले प्रस्ताव पेस गरेको खबर आजको समाधान दैनिकमा छ ।

२५ अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको  सडक निर्माण गर्ने कम्पनीको छनोट  २०७७ को मंसिरसम्मा गरि ठेक्का प्रक्रिया अघि बढाइनेछ ।

गएको कात्तिक २१ गते आह्वान गरिएको बोलपत्रमा माघ १६ भित्रमा प्रस्ताव पेस गर्ने अन्तिम मिति तोकिएको थियो ।

सम्बन्धित न्यूज

Back to top button