स्याङ्जामा गोठमा आगलागी हुँदा वृद्धको मृत्यु

पोखरा न्यूज – १० ,फागुन । स्याङ्जामा शुक्रबार राति आफ्नै गोठमा लागेको आगोले जलेर एक वृद्धको मृत्यु भएको छ ।

शुक्रबार राति अबेर ११ बजे आगलागी हुँदा स्याङ्जा बिरुवा गाउँपालिका-४ घोप्टे घर भएका ८२ वर्षीय जित बहादुर गुरुङको मृत्यु भएको हो ।

सुतिरहेको अवस्थामा खरले छाएको एक तले कच्ची गोठमा आगलागी हुँदा गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट गोठ जलेर पुर्ण रुपमा नष्ट भएको पनि प्रहरीले बताएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Back to top button