चेनवाला डोजर दुर्घटना हुँदा एक घाइते

पोखरा न्यूज – १० ,फागुन । बागलुङमा चेनवाला डोजर(एक्साभेटर) दुर्घटना हुँदा सहचालक घाइते भएका छन् ।

बागलुङको जैमिनी नगरपालिका-३ बाँसखानीमा बा १ क ८९६१ नम्बरको  जेसिबी एक्साभेटर स्टार्ट गरि इन्जिन तताउँदै गर्दा जेसिबी खसेर जैमिनी नगरपालिका-९ बस्ने १७ वर्षीय सहचालक सागर थापा घाइते भएका हुन् ।

आज बिहान साढे ९ बजेतिर भएको घटनामा एक्साभेटर ३ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । घाइते थापालाई उपचारका लागि धौलागिरी अञ्चल अस्पताल बाग्लुङ पठाइएकोमा थप उपचारका लागि पोखरा ल्याइएको पनि जनाइएको छ ।

थापाको अवस्था मध्यम रहेको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको पनि प्रहरी बताएको छ ।

सम्बन्धित न्यूज

Back to top button